नेपालले टस हार्यो, भुर्तेल बेन्चमा

काठमाडौं । नामिबियाविरुद्ध नेपालले टस हारेको छ ।

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै छ ।

फाइनल सम्भावना कायमै राख्न नेपालले यो खेल जित्नै पर्छ । नेपाली टोलीमा तीन परिवर्तन भएको छ ।

अभिनास बोहोरा, अनिल शाह र आरिफ शेखले टिममा स्थान बनाउँदा ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बेन्चमा रहेका छन् । शाहले २०१८ पछि पहिलो पटक मौका पाएका हुन् । २०१८ जुलाई २९ मा बेलायतको लड्समा नेदरल्यान्ड्सविरुद्ध डेब्यु खेल खेलेका थिए । त्यो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, आरिफ शेख र अभिनास बोहोरा ।

 





थप समाचार

लखनाउमाथि दिल्लीको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हात पारेको […]

लखनाउले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १ सय ६८ […]

मलेसियामाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउँदै नेपालले प्रतियोगिताको सुखद सुरुआत गरेको छ । ओमानको मस्कटमा भएको […]

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ । ओमानका मस्कटमा […]

नेपालले टस हार्यो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको छ । मलेसियाका कप्तान टस जितेर […]

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप आज(शुक्रबार)बाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन […]