काठमाडौं । नेपालले बरोडा क्रिकेट एसोसिएसनको टिमविरुद्ध टस हारेको छ ।
बरोडाका कप्तानले टस जितेर ब्याटिङ रोजेका छन् । बरोडाले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दै छ ।
नेपालले फाइनलमा स्थान बनाईसकेको छ । आइतबार हुने फाइनल खेलमा नेपाल र गुजरात खेल्ने छन् ।
नेपाली टिममा चार परिवर्तन भएको छ । कप्तान रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी र अभिनाश बोहोरा बाहिर रहेका छन् । रोहितको अनुपस्थितीमा दिपेन्द्र सिंह ऐरीले नेपाली टिमको कप्तानी गर्दै छन् ।
बरोडाको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।
समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।
नेपालले मंगलबारको बरोडाविरुद्ध खेलमा खेलेका दुई खेलाडीलाई आराम दिएको छ । करण केसी र दीपेन्द्रसिंह ऐरी बेन्चमा रहँदा प्रतिश जिसी र विवेक यादबले मौका पाएका छन् ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, प्रतिश जिसी, करण केसी, आकाश चन्द, दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशी ।
