काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको समूह चरण तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार मंगलबार बेलुका सवा सातमा सुरु हुदैछ । खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी क्रिकेट स्टेडियममा हुदैछ ।
२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
उता, भारतले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा युएईलाई ७८ रनले पराजित गरेको थियो ।