पहिलो दिन समाप्तिमा एमसीसी बलियो

नेपाल र एमसीसी बीच टिय जारि तिन दिवसीय प्रथम श्रेणी अन्तर्गत पहिलो दिन सम्पन्न भएको छ। खराब प्रकासको कारण पहिलो दिन ८७ ओभर मात्र खेल सम्भव भयो। टस जितेर नेपालले पहिले फिल्डिंग रोजेको थियो।

दिनको समाप्तिमा एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल तयार गर्यो। यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रन बनाएर अविजित रहेका छन्।

खेल पछि प्रतिक्रिया दिने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टिम तिन दिवसीय फर्म्याटमा सिक्ने क्रममा रहेको बताए। नौलो फर्म्याट भएकोले पहिलो दिन खेलाडीहरुलाई मुस्किल भएको उनले बताए। उनले दोश्रो दिन एमसीसीलाई चाडै आउट गरेर राम्रो ब्याटिंग गर्ने लक्ष्य रहेको बताए।

एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रन बनाए। उनले ११० बलमा १२ चौका प्रहार गरे।

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गरे। दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गर्दै साझेदारी तोडे। ३९ रन बनाएका टम वेस्टलेलाई अफ स्पिनर शरद भेसावकरले एलबिडब्लु आउट गरे।

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डर्स्परले ४९ रनको साझेदारी गरे। शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै नेपाललाई हावी गराए। त्यसपछि १७ रन बनाएका एड योङ्गलाई सन्दिप लामिछानेले क्याच आउट गराए। ५३ रन बनाएर भान्डर्स्पर पनि सन्दिपबाट एलबिडब्लु आउट हुन पुगे।

सातौँ विकेटको रुपमा साझेदारी गर्दै पुर्व पाकिस्तान क्रिकेटर यासिर अराफात र एलेक्स थोम्पसनले योगफल ३०० पार गराए।

९६ ओभरको खेल हुने बताईएता पनि खराब प्रकासका कारण ब्याट्सम्यानहरु खेल्न नमानेपछि ८७ ओभर मात्र खेल सम्भव भयो।

नेपालको बलिङ्गमा सोमपाल कामि ( १६-२-४९-२ ) , सन्दिप लामिछाने ( २५-२-८१-२ ) र शरद भेसावकर ( १०-१-३५-२ ) ले समान २/२ विकेट लिए। करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरि विकेट विहिन रहे। सबैभन्दा महँगो सावित भएका पवन सर्राफले ५ ओभरमा ३६ रन खर्चिए।

खेलमा शरद भेसावकर बाहेक अन्य १० खेलाडीहरुले नेपालको लागि डेब्यु गरे। सोमपाल कामिले यस अघि श्रीलंकाको घरेलु क्रिकेट खेल्दा प्रथम श्रेणी क्रिकेट खेलेता पनि नेपालको लागि डेब्यु गरेका थिएनन्। शरदले २००५ र २००६ को इन्टर कन्टिनेन्टल कप खेलेका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, सन्दिप लामिछानेले प्रथम श्रेणीमा डेब्यु गरे। सबैलाई टिमका मुख्य प्रशिक्षक उमेश पटवालले डेब्यु क्याप दिएका थिए।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]