पाँचपोखरीको लगातार दोस्रो जित, भोटेचौरकाे विजयी सुरूआत

काठमाडौं । पाँचपोखरी टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको तेश्रो दिन पाँचपोखरी र भोटेचौर विजयी भएका छन् । तेस्रो दिनको पहिले खेलमा पाँचपोखरी क्रिकेट क्लब ले माइटी साँगाचोकमाथि ५६ रनले विजयी हासिल गरेको छ। पाँचपोखरी क्रिकेट क्लबका कप्तान सार्थक धिताल टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए । जसमा पाँचपोखरी क्रिकेट क्लबका बिबेक रानाले १७ बल मा ३० रन,लाक्पा लामा ले २९ बलमा ३५ रन, आर्यन धितालले २४ बलमा ३२ रन र कप्तान सार्थक धितालले २५ बल मा २८ रन प्रहर गरेका थिए ।

माइटी साँगाचोकका बलर सबिन गिरि, निरञ्जन बस्नेत र पेम्बा लामा ले १/१ विकेट लिएका छन् । जवाफी ब्याटिंगमा ओर्लेको माइटी साँगाचोकका ब्याटर नमराज थापाले ४९ बल मा ५८ रन र मिलन थापा २६ बल मा अविजित ३३ रन बनाउनु बाहेक अरु कुनै ब्याट्सम्यानले रन बनाउन सकेनन । पाँचपोखरी क्रिकेट क्लबको तर्फ बाट बिजय कुमार धिताल २ विकेट, निशान्त धिताल, मनोज खड्का र निरन्जन खतिवडा ले समान १/१ विकेट लिएका थिए । खेल को म्यान अफ द म्याच बिबेक राना भएका छन् ।

आजै भएको दोस्रो खेलमा भोटेचौर स्पोर्ट्स क्लबले चौतारा साँगाचोकगडी नगरपालिकालाई ४१ रन ले हराएको छ। टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको भोटेचौरले राजिब चौलागाईको १७ रन, अविशेक चौलागाई को १४ रन र कुशल चौलागाईको १३ रन को मद्दतले निर्धारित २० ओवरमा ८६ रन बनाउन सफल भएको थियो ।

चौताराको बलर बिनोद गौतमले ३ विकेट, सुनिल श्रेष्ठले २ र विजय नापितले २ विकेट लिन सफल भए ।

८६ रन को झिनो बिजय लक्ष्य पछ्याउने क्रममा चौताराको निरन्जन कुँवरले १० रन बनाउनु भन्दा बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन नसके पछी नाटकीय हारको सामना गर्नु परेको छ। म्याच को म्यान अफ द म्याच ३ ओभरमा १ मेडन सहित ४ रन दिएर ४ विकेट लिने सरिन कार्की हुनु भएको थियो । यो हार संगै चौतारा प्रतियोगिता बाट बाहिरिने पहिलो टिम बनेको छ ।

भोलि बिहान ९ बजे पहिलो खेल माइटी साँगाचोक बिरुद्ध इन्द्रावती गाउँपालिका र दिउसो १ बजे भोटेचौर स्पोर्ट्स क्लब बिरुद्ध पाँचपोखरी हिमालयन क्रिकेट क्लब बीच रहेको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]