पिपिएलमा आज दुइ खेल, काठमाडौँलाई गर या मरको अवस्था, बिराटनगरले पोखरालाई दिन सक्ला चुनौती ?

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत बुधबार दुइ खेल हुनेछन्।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ गोल्डेन्स र दिपेन्द्र ऐरी कप्तानीको धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्। खेल ९ बजे सुरु हुनेछ। यस्तै दोश्रो खेलमा प्रदिप ऐरी कप्तानीको बिराटनगर टाईटन्स र शरद भेसावकर कप्तानीको डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो खेल १ बजे सुरु हुनेछ।

पहिलो खेल – काठमाडौँ VS धनगढी –  काठमाडौँलाई गर या मरको अवस्था

काठमाडौँ – पहिलो दुइ खेलमा पराजित भएको काठमाडौँ गोल्डेन्सलाई लिग अंक तालिकामा उत्कृस्ट-३ स्थान भित्र पर्न आज जित हात नपारेको खण्डमा मुस्किल हुनेछ। पहिलो खेलमा पोखरासंग ९ विकेटले पराजित भएको काठमाडौँ दोश्रो खेलमा बुटवल ब्लास्टर्ससंग सुपर ओभरमा पराजित भएको थियो।

काठमाडौँको ब्याटिंग नचल्नु चिन्ताको विषय

पहिलो दुइ खेलमा काठमाडौँको कमजोर पक्ष ब्याटिंग नचल्नु रहेको छ। कप्तान ज्ञानेन्द्र मल्ल सहित सुबास खकुरेल, गौरभ तोमर, जयकिशन कोल्सावालाजस्ता ब्याट्सम्यानहरुले रन बनाउन नसक्दा टिम ठुलो योगफल बनाउन चुकीरहेको छ। पहिलो खेलमा ११५ रन बनाएको काठमाडौँले दोश्रो खेलमा सुधार गर्दै १४० रन बनाएको थियो।

टिम काठमाडौँ गोल्डेन वारीयर्स – ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, पृथु बास्कोटा, सुशन भारि, नन्दन यादब, सुर्य तामांग, विदेशी खेलाडीहरु – जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी

धनगढी –  धनगढी ब्लुजले पहिलो खेलमा बिराटनगर टाईटन्सलाई ११७ को योगफल रक्षा गर्दै जित निकालेको थियो। पहिले ब्याटिंग गर्दै धनगढीले मात्र ११७ रन बनाएपछि बिराटनगरलाई ११२ रनमा रोक्न सफल भएको थियो। दोश्रो खेलमा सोहि लय कायम राख्दै धनगढी लगातार दोश्रो जित हात पार्न चाहन्छ।

धनगढी लगातार दोश्रो जित हात पार्न चाहन्छ

लामो ब्याटिंग लाइन अप रहेता पनि पहलो खेलमा धनगढीको ब्याट्सम्यानहरुको प्रदर्शन कमजोर थियो। रोड्रीगो थोमस, सन्दिप सुनार, श्रीमंथा विजयरत्ने, दिपेन्द्र ऐरी, सन्दिप जोर, अमित यादभ, सौरभ खनाल र मन्जित श्रेष्ठ रहेको लामो ब्याटिंग लाइन अप चलेमा बिपक्षीलाई मुस्किल हुनेछ। तल्लो क्रममा अमल ऐरीले पनि पहिलो खेलमा राम्रो इनिंग खेलेका थिए। बिराटनगर बिरुद्धको जित हात पार्दा धनगढीको अनुशाशित बलिंग प्रमुख कारण थियो। देब्रे हाते स्पिनर सागर ढकाल, अनिल खरेल तथा अफ स्पिनर दीपेन्द्र ऐरीले राम्रो प्रदर्शन गरेका थिए।

टिम धनगढी ब्लुज – दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, विदेशी खेलाडी -अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस

दोश्रो खेल – बिराटनगर VS पोखरा पल्टन , लड्खडाएको पोखरालाई बिराटनगरले रोक्ला

बिराटनगर – पछिल्लो सिजनको कमजोर टिम बिराटनगर यो पटक पनि बलियो देखिएको छैन। तर आस्चर्यजनक नतिजा भने बिराटनगरले नल्याउला भन्न सकिन्न। पहिलो खेलमा धनगढीसंग ११८ को लक्ष्य पछ्याउन नसकेको बिराटनगरले दोश्रो खेलमा जित हात पार्न ब्याटिंग चल्ने अपेक्षा राखेको छ।

बिराटनगर कुनै पनि टिमलाई आश्चर्य दिन सक्छ

पहिलो खेलमा मोहम्मद जैद आलम, दिलिप नाथ, कप्तान प्रदिप ऐरि , सुनिल धमला, राजु रिजाल, नोमन खान, पुनित मेहरा, राजेश पुलामी रहेको लामो ब्याटिंग लाइन अप फ्लप रहंदा हारको कारण बनेको थियो। बलिङ्गतर्फ भने शाहब आलम, नोमन खान, पुनित मेहरा, जैद आलमले राम्रो प्रदर्शन गरेका थिए जसलाई टिम निरन्तरता दिन चाहने छ।

टिम बिराटनगर टाईटन्स – प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नौमन खान

पोखरा – गत सिजनको विजेता टिम पोखराले पहिलो खेलमा काठमाडौँ बिरुद्ध ९ विकेटको शानदार जित निकलेता पनि दोश्रो खेलमा भने चितवन राइनोज बिरुद्ध  प्रदर्शन कमजोर रह्यो। शरद भेसावकर बाहेक अन्य ब्याट्सम्यानहरुले रन बनाउन नसक्दा बलियो चितवनलाई मात्र १०८ रनको लक्ष्य दिन सक्यो। पहिलो खेलको सोहि कमजोरीलाई पोखरा हटाउने पक्षमा हुनेछ।

गत सिजनको हिरो ब्याट्सम्यान रभी इन्दर सिंहबाट उस्तै ब्याटिंगको अपेक्षा पोखराले गरेको छ। अर्को तर्फ आसिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, रोहित पौडेल जस्ता ठुला नामहरुबाट सोहि अनुसारको काम पोखरा चाहन्छ।

बलिंगमा ललित राजबंशी, राशिद खान, प्रथमेश डाके, सर्बजित लड्डाबाट पोखराले पहिलो खेलमा काठमाडौँ बिरुद्ध जस्तै प्रदर्शनको अपेक्षा राख्नेछ। २ खेलमा ४ विकेट लिईसकेका राशिद खानको लयले पोखरालाई खुसि दिएको छ।

टिम पोखरा पल्टन – शरद भेसावकर ( कप्तान ) , बिनोद भण्डारी, राशिद खान, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, मेहबुब आलम, कृष्ण कार्की, इशान पाण्डे, ललित राजबंशी, सुमन घिमिरे, विदेशी खेलाडीहरु – रभी इन्दर सिंह, प्रथमेश डाके, सर्बजित लड्डा





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]