पिपिएल : चितवनको लगातार तेश्रो जित

पोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै लगातार तेश्रो जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ। २ खेल अगावै चितवनले प्ले-अफ पुग्ने संभवाना बलियो बनाएको छ।

धनगढी भने तेश्रो खेलमा दोश्रो हार बेहोरेपछि अंकतालिकाको पुछारमा यथावत रहेको छ। चितवन ६ अंक सहित शिर्ष स्थानमा कायम छ।

खेलमा चितवनले दिएको १८२ रनको लक्ष्य पचाउने क्रममा धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

धनगढीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै रोड्रीगो थोमसले २४, सन्दिप जोराले २१ रन बनाए।

दोश्रो इनिंगको पहिलो दुइ बलमा धनगढीले २ विकेट गुमाएको थियो। शुबेन्दु पाण्डे पहिलो बलमै रन आउट हुन पुगे जसपछि विजयरत्नेलाई करन केसीले एलबिडब्लु आउट गरेका थिए।

त्यसपछि तेश्रो विकेटको लागि दिपेन्द्र ऐरी र रोड्रीगो थोमसले ५५ रनको साझेदारी गर्दै धनगढीलाई उकासे। तर आठौँ ओभरमा सन्नी पटेलले थोमस र सन्दिप रजालीको लगातार बलमा विकेट लिंदै चितवनलाई खेलमा हावी गराएका थिए।

सन्नी पटेलले २ विकेट लिए

चितवनको बलिंगमा भुवन कार्कीले सर्वाधिक ३ विकेट ( ४-०-२३-३ ) हात पारे भने सन्नी पटेल र करन केसीले २/२ विकेट लिए।

खेलमा टस जितेर ब्याटिंग रोजेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो।

चितवनको लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाए जुन क्रममा २० बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै बाबर हायातले २८ बलमा ३ चौका र २ छक्का मदतले ३६ तथा सन्नी पटेलले ३ छक्का र १ चौका मदतले अविजित ३२ रन बनाए। पारस खड्काले १५ बलमा २ चौका र १ छक्का मदतले २३ रन बनाए।

एक समय १५ ओभरमा १०९/५ को योगफल पुगेको चितवनलाई छैठौं विकेटको लागि सन्नी पटेल र आरिफ शेख शेखले आक्रामक ब्याटिंग गर्दै ठुलो योगफलतर्फ डोर्याएका थिए। दुवैले ७२ रनको साझेदारी गरे।

धनगढीको लागि अनिल खरेल र दिपेन्द्र ऐरीले समान २/२ विकेट लिए भने अमित यादबले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच आसिफ शेख चुनिए।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]