प्रधानमन्त्री कप मङ्सिर अन्तिम साता आयोजना हुने

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको पाँचौ संस्करण मङ्सिर अन्तिम साता सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) को बुधबार बसेको भर्चुवल बैठकले प्रतियोगिता पुष १५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कपको पछिल्लो संस्करणको आयोजना गत वर्ष माघ महिनामा भएको थियो जसको उपाधि त्रिभुवन आर्मी क्लबले जिएको थियो।

क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोट गर्न संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा कोषध्यक्ष रोशन कुमार सिंह, मह प्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर बिनोद कुमार दास तथा एक जना अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को प्रतिनिधि रहने गरि ५ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ। नोभेम्बर अन्तिम सम्म नयाँ प्रशिक्षक घोषणा गर्ने क्यानले बताएको छ।

नयाँ प्रशिक्षक नियुक्त भए लगत्तै क्यानले डिसेम्बर १ तारिख देखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्नेछ। सेप्टेम्बरमा ओमान भ्रमण पछि नेपाली राष्ट्रिय टिमले अभ्यास सुरुवात गरेको छैन।

क्यान बैठकले संघको वार्षिक साधारणसभा पुष १४ र १५ गते धनगढीमा आयोजना गर्ने पनि निर्णय गरेको छ। संघले आर्थिक कार्यविधि पनि पारित गरेको छ। यस्तै संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघहरुको जिल्ला अधिवेशन यसै वर्ष माघ ७ गते भित्र सम्पन्न गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने निर्णय समेत गरिएको छ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]