फेसबुक र आईसीसी बीच ठुलो सम्झौता, फेसबुक अब आईसीसीको डिजिटल पार्टनर

इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकपको अपार सफलता पछि फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) संग ठुलो सम्झौता गरेको छ। ४ वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ।

४ सालको लागि गरिएको सम्झौता अनसार अबको ४ वर्ष फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरु, खेलसंग सम्बन्धित भिडियोहरु लगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ। आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउनेछन्।

२०१९ क्रिकेट विश्वकप विश्वमै धेरै हेरिएको प्रतियोगिता मध्ये रहेको थियो। आईसीसीको डिजिटल मध्यमहरुबाट ४.६ बिलियन पटक प्रतियोगिता सम्बन्धित भिडियोहरु हेरिएको थियो।


आईसीसीका सीईओ मनु सहनेले बताए – “हामि फेसबुकलाई ग्लोबल क्रिकेट परियारमा स्वागत गर्न पाउदा हर्षित छौँ। यस्तो खालको साझेदारी हाम्रो खेलकुदको लागि पहिलो हो। विश्वकै धेरै हेरिने खेल मध्येको क्रिकेट सबैभन्दा ठुलो प्लेटफर्ममा आउनु क्रिकेटको भविष्यको लागि उत्साहजनक छ”

विश्वकपमा ठुलो सफलता 

अब फेसबुकमा आईसीसीको ठुला प्रतियोगिताहरुको मजा फ्यानहरुले उठाउने छन्। आगामी ४ वर्षको अवधिमा आईसीसी टि-२० विश्वकप २०२० , टि-२० विश्वकप २०२१ , एकदिवसीय विश्वकप २०२३, टेस्ट च्याम्पियनसिप फाइनल २०२१ र २०२३, महिला टि-२० र एकदिवसीय विश्वकप , टि-२० विश्वकप छनौट, एकदिवसीय विश्वकप छनौट, यु-१९ विश्वकप जस्ता प्रतियोगिताहरु रहेका छन्।

२०१९ विश्वकपओ दौरान आईसीसीको युट्युबमा २.३ बिलियन मिनेट तथा फेसबुकमा फेसबुकमा १.२ बिलियन मिनेट प्रतियोगिता सम्बन्धित भिडियो हेरिएको थियो।  विश्वकपको दौरान २० मे देखि १५ जुलाई सम्म  #CWC19 ह्यासट्याग प्रयोग गरेर ३१ मिलियन ट्वीट गरिएको थियो।

भारत र पाकिस्तान बीच विश्वकपको खेल दौरान उक्त खेल सम्बन्धित २.९ मिलियन ट्वीट गरिएको थियो जुन अहिलेसम्मकै धेरै हो। त्यसपछि दोश्रो धेरै इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल सम्बन्धित ट्वीट आएको थियो।

२०१९ विश्वकपमा आईसीसीको सोसल मिडियामा १४ मिलियन फलोअर बढेका थिए। यस दौरान आईसीसीको वेबसाइटमा ७५ मिलियन नयाँ प्रयोगकर्ता आएका थिए जसले २७२ मिलियन पटक पेज भ्यु गरेका थिए।

विश्वकपको दौरान आईसीसीको मोबाइल एप स्पोर्ट्समा बिभिन्न देशमा पहिलो नम्बरमा रहेको थियो।  जुन २ तारिकमा विश्वका ७ देशमा यो नम्बर-१ स्थानमा रहेको थियो।

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]