बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

२०८१ श्रावण ११, शुक्रबार १७:०८

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको शानदार जित दर्ता गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको ईतिहासमा सबै संस्करणको फाइनलमा स्थान बनाउँने भारत एक मात्र टोली हो ।

प्रतियोगिताको सबै संस्करणको फाइनल खेलेको भारत सात पटक च्याम्पियन भएको छ ।

भारतले उपाधीका लागि आईतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइनल खेलमा श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाई ११ ओभरमा पूरा गर्यो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy