बंगलादेशसंग नेपाल निरिह, दोश्रो हारसंगै नेपाल प्रतियोगिताबाट बाहिर

बंगलादेशमा जारि एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत दोश्रो हार बेहोर्दै नेपाल समुह चरणबाटै बाहिरिएको छ।

पहिलो खेलमा भारतसंग ७ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा हंगकंगलाई ४० रनले पराजित गरेको थियो। सेमीफाइनल प्रवेश गर्न नेपालले बंगलादेशलाई पराजित गर्ने पर्ने थियो। समुह ‘बि’ बाट नेपाल र हंगकंग बाहिरियो भने भारत र बंगलादेश सेमीफाइनल प्रवेश गर्यो।

खेलमा पहिले ब्याटिंग गरेको नेपालले मात्र १३८ रन मात्रै बनाउन सक्यो। १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा मात्र २ विकेट गुमाएर सहजै पछ्यायो।

बंगलादेशको ब्याटिंगमा नज्मुल सान्टोले अविजित ५६ रन बनाए। उनले ५६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर नैम शेखले ५६ बलमा ६ चौका मदतले ४५ रन बनाए। यासिर अलि चौधरीले अविजित १८ रन बनाए। ओपनर सौम्य सरकार ११ रन बनाएर आउट भए। नेपालको लागि २ वटा विकेट करन केसी र सुशन भारिले हात पारे।

नेपालको ब्याटिंग

टस हारेर ब्याटिंग गरेको नेपालले पहिले भन्दा राम्रो सुरुवात गर्यो। ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे। सातौँ ओभरमा १० रनमा कुशल भुर्तेललाई सुमोन खानले क्याच आउट गरे पछि नेपालको विकेट पतन सुरु भयो। लगत्तै १ रन बनाएर शरद भेसावकर आउट भए। अघिल्लो २ खेलमा खाता नखोली आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल पनि २२ रन बनाएर सुमोन खानकै शिकार भए। मल्लले २७ बलमा ४ चौका प्रहार गरे। ३३/० को अवस्थाबाट नेपाल ३५/३ को अवस्थामा पुग्यो।

त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। दिपेन्द्र ऐरि ६, आरिफ शेख ११, पवन सर्राफ, ९, सन्दिप जोरा ० तथा बिनोद भण्डारी ८ रन बनाएर आउट भए। नेपाल ८५/८ को नाजुक अवस्थामा पुग्यो।

नेपालको इनिंगलाई त्यसपछि सोमपाल कामि र करन केसीले सम्हाले। दुवैले नवौं विकेटको लागि ५० रनको साझेदारी गरे। ४७ बलमा करनले १ चौका र १ छक्का प्रहार गरे पछि ४४ औं ओभरमा आउट भए। त्यसपछि सोमपाल पनि अन्तिम विकेटको रुपमा ४४ औं ओभरमा आउट भए। सोमपालले ६३ बलमा ४ चौका मदतले ३८ रन बनाए।

बंगलादेशको बलिङ्गमा सायद मिन्हजुल अबेदीन ( १०-०-२९-३ ) , सुमोन खान ( ८.३-०-२९-३ ) ले समान ३/३ विकेट तथा तन्भिर इस्लाम ( १०-२-२६-२ ) र महदी हसन ( ९-१-२५-२ ) ले २/२ विकेट लिए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]