बंगलादेश र पाकिस्तानको विजयी सुरुवात

काठमाडौं । युएईमा सुरु नवौं संस्करणको महिला टि ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन् ।

शारजाहमा भएका खेलमा बंगलादेशले स्कटल्यान्डलाई र पाकिस्तानले श्रीलंकालाई पराजित गरेका हुन् ।

बिहीवारको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्यो ।

पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउँन सक्यो ।

श्रीलंकाका लागि निलकेशिका सिल्भाले २५ बलमा सर्वाधिक २२, बिश्मी गुणारत्नेले ३४ बलमा २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पाकिस्तानका लागि सदिया इकवालले ३, फतिमा साना, नर्शा सन्धु र ओमामी सोहिलले समान २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै १ सय १६ रन बनाइन् ।

पाकिस्तानका लागि कप्तान फतिमा सानाले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३० रन जोडिन् । निदा दरले २२ बलमा २३, ओमिमा सोहेलले १८ तथा ओपनर मुनिबा अलिले ११ रन बनाईन् ।

श्रीलंकाका लागि उडिशिका प्रबोदनी, कप्तान चमारी अथापाथु सुगन्धिका कुमारीले समान ३ तथा कबिशा दिल्हारीले १ विकेट लिईन् ।

समूह ए मा पहिलो जितका साथ पाकिस्तान शीर्ष स्थानमा छ ।

आजै भएको पहिलो खेलमा बंगलादेशले स्कटल्यान्डमाथि १६ रनको जित हासिल गर्यो ।

शारजाहमा भएको समूह बी को पहिलो खेलमा बंगलादेशले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउँन सक्यो ।

स्कटल्यान्डका लागि सारा ब्राइसले ५२ बलमा १ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाईन् । कप्तान क्याथरीन ब्राइस र एलिसा लिस्टरले समान ११ रन जोडे । स्कटल्यान्डका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बंगलादेशका लागि रितु मोनीले २ तथा मोरुफा अक्तर, नहिदा अक्तर, फहिमा खातुन र रबिया खानले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गर्यो ।

बंगलादेशका लागि सोभाना मोस्टरीले ३८ बलमा २ चौकाको सहयोगमा ३६ रन जोडिन् । ओपनर शाथी रानीले ३२ बलमा २९, कप्तान निगर सुल्तानले १८ बलमा १८ तथा मुर्शिदा खातुनले १२ रन जोडिन् ।

स्कटल्यान्डका लागि सास्किया होर्लेले ३ विकेट लिईन् । समूह बी मा पहिलो जितका साथ बंगलादेश शिर्ष स्थानमा छ ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागीता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।

समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

बंगलादेशमा हुने भनिएको यो विश्वकप सुरक्षाका कारण युएईमा सारिएको हो ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]