भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा भारत ५८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

न्युजिल्यान्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा १ सय २ रनको योगफलमा समेटियो ।

भारतका लागि कप्तान हरमनप्रित कौरले १४ बलमा सर्वाधिक १५, जेमिमा रोड्रिगेज र दिप्ती शर्माले समान १३ तथा स्मृती मन्धना र रिचा घोषले समान १२ रन जोडे ।

न्युजिल्यान्डका लागि रोजमेरी मायरले ४, लिया ताहुहुले ३ तथा इडेन क्रसनले २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन को योगफल तयार गरेको थियो ।

न्युजिल्यान्डका लागि कप्तान सोफि डिभिनले ३६ बलमा ७ चौकाको सहयोगमा नट आउट ५७ रन जोडिन् । जर्जिया प्लिमरले २३ बलमा ३४, स्विज बेटिसले २४ बलमा २७ तथा ब्रुकी ह्यालिडेले १२ बलमा १६ रन बनाइन् ।

भारतका लागि रेनुका सिंहले २ तथा अरुनधती रेड्डी र आशा सोभानाले समान १ विकेट लिईन् ।

जितबाट प्रतियोगिताको सुरुवात गरेको न्युजिल्यान्ड समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रवार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि १० विकेटको फराकिलो अन्तरमा जित हात पार्यो ।

वेस्ट इन्डिजले दिएको १ सय १९ रनको लक्ष्य दक्षिण अफ्रिकाकाले १७.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा लोरा उल्भर्टले ५५ बलमा ७ चौकाको सहयोगमा नट आउट ५९ रन बनाईन् । तन्जिम ब्रिटसले ५२ बलमा ६ चौकाको सहयोगमा नट आउट ५७ रन जोडिन् ।

वेस्ट इन्डिजका लागि ८ बलको प्रयोग हुँदा कसैले विकेट निकाल्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि स्टेफनि टेलरले ४१ बलमा ४४, शिमैनि च्याम्पवेलले २१ बलमा १७ तथा कप्तान हेलि म्याथ्युजले ११ बलमा १० रन बनाईन् ।

दक्षिण अफ्रिकाका लागि नोनकुलोलिका एलाबाले ४ तथा मरिजाने कप्पाले २ विकेट लिईन् ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]