भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

एजेन्सी । श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो ।

सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो ।

श्रीलंकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अल आउट हुदै १ सय ३८ रन मात्र बनायो ।

भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले २० बलमा सर्वाधिक ४५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० तथा रियान परागले १५ रन जोडे । भारतका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

श्रीलंकाका लागि दुनिथ विलालागेले ५.१ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । जेर्फि भेन्डारसे र महेश तिक्सेनाले समान २ तथा आसिथा फर्नाडाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

श्रीलंकाका लागि अविष्का फर्नान्डो र कुशल मेन्डिसले अर्धशतकीय ईनिङ खेले । फर्नान्डोले १ सय २ बलमा सर्वाधिक ९६ रन बनाए । उनले ९ चौका र २ छक्का प्रहार गरे । मेन्डिसले ८२ बलमा ५९ रन बनाए । ओपनर पथुम निशंकाले ६५ बलमा ४५, कमान्डु मेन्डिसले १९ बलमा अविजित २३ रन जोडे ।

भारतका लागि यसै खेलमा ओडिआई डेब्यु गरेका रियान परागले ३, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, कुलदिप यादव र अक्षर पटेलले समान १ विकेट लिए ।

सन् १९९७ मा श्रीलंकाले पछिल्लो पटक भारतविरुद्धको ओडिआई सिरिज जितेको थियो । भारतविरुद्ध लगातार ११ ओडिआई सिरिज गुमाएको श्रीलंकाले २७ वर्ष पछि यो सफलता प्राप्त गरेको हो ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]