भारत र श्रीलंकाबीचको पहिलो ओडिआई आज

काठमाडौं । श्रीलंकाविरुद्ध तीन खेलको टि ट्वान्टी सिरिज ‘क्लिन स्विप’ गरेपछि आजदेखि दुई टोली एकदिवसीय खेल खेल्दैछन् । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ । सिरिज टी ट्वान्टी जस्तै तीन खेलकै हुनेछ ।

श्रीलंका मथिश मथिरानासहित प्रमुख चार तिव्रगतिका बलर बिना मैदान उत्रनेछ । भारतले भने टि ट्वान्टी आई खेलेका ६ खेलाडीलाई विश्राम दिनेछ । यस्तै, भारतीय टोलीमा टी ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली टिममा फर्कनेछन् । साथै कुलदीप यादव, मोहम्मद शाही, जसप्रित बुमराहले पनि स्थान बनाएका छन् ।

विराट र रोहित एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हारेपछि पहिलो पटक मैदानमा उत्रदै छन् । ऋषभ पन्त सन् २०२२ पछि पहिलो पटक एकदिवसीय टिममा छन् । टिममा केएल राहुल पनि छन् ।

भारतलाई श्रीलंकाविरुद्ध एक सयौं खेल जित्ने अवसर छ । दुई टिमबीच १६८ एकदिवसीय खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले मात्र ५७ खेल जितेको छ । एक खेल बराबर हुँदा ११ खेलमा नतिजा आउन सकेन ।

सन् २०१४ यता भारतले खेलेको २४ खेलमा २१ खेल जितेको छ । चार खेल मात्रै श्रीलंकाको पक्षमा छ ।

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]