मल्ल वल्र्ड मास्टर्स लिगको सल्लाहकारमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का पुर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आगामी जुलाइमा आयोजना हुने वल्र्ड मास्टर्स टी-२० लिगको सल्लाहकारमा नियुक्त भएका छन् ।

आगामी जुलाइमा हुने लिगको लागि मल्ललाई सल्लाहाकारमा नियुक्त गरेको आयोजकले जनाएको छ । सकृय खेलाडी जीवनबाट सन्यास लिएका पुर्वक्रिकेटरहरुको सहभागीता रहने यस लिगमा सल्लाहाकारको भुमिकामा रहन पाउँदा खुसी रहेको मल्लले बताए ।

‘विश्वक्रिकेटमा चर्चित नाम बनिसकेका सुरेश रैना तथा क्रिस गेलले सहभागीता जनाउँने लिगमा सल्लाहकारको भुमिकामा पाउनु मेरो तथा नेपाली क्रिकेटकै सफलता हो ।’ मल्लले विकेट नेपालसँग भने ‘यसले नेपाली क्रिकेटको विकासमा समेत योगदान पुर्याउनेमा म लाग्नेछु ।’

यो लिग नेपालमा आयोजना गर्न आफुले पहल गरेको तर रातको समयमा खेल गराउने पुर्वाधार हामीहरुसँग नभएर यो सम्भव हुन नसकेको मल्लले बताए ।

Image

मध्येपुर्वमा हुने लिगको मिती र खेल हुने स्थान भने सार्वजनिक भएको छैन । लिगमा विश्व क्रिकेटमा कुनै समयका चर्चित नामहरु वेस्ट इन्डिजका ग्रिस गेल भारतका सुरेश रैना, मोहमम्द कैफ, पाकिस्तानका साहिद अफ्रिदी, श्रीलंकाका थिसारा परेरा लगायतका क्रिकेटरको सहभागीता रहने छ ।

मल्लका अनुसार यस लिगमा नेपालका पुर्व क्रिकेटर तथा एम्पायरहरुको सहभागीताका विषयमा आफुले पहल गरिरहेको बताए ।

 





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]