मेहबुब आलमको कप्तानीमा एमएमकप खेल्ने प्रदेश-२ को टिम घोषणा,

२०७६ मंसिर २३, सोमबार १९:४९

Mehboob Alam
  • २३ मंसिर, राजबिराज ।

अगामि पुस १५ गतेदेखि आयोजना हुन गई रहेको दोश्रो मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मेहबुब आलमको कप्तानीमा प्रदेश नं. २ क्रिकेट टोलिको घोषणा भएको छ।

गत मंसिर २० देखि २२ गतेसम्म सप्तरीको राजबिराजमा प्रदेश २ का ४१ जना खेलाडिहरु सम्मिलित गराई बन्द शिविरको आयोजना गरि छनौट गरिएको हो । मेहबुब बाहेक टोलिमा सुरज पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

टोलिमा हरिशंकर साह, सुधिर चौधरी, बिशाल सुश्लिंग, हासिम अंसारी, तिर्थराज दास, आशिष झा, अविनाश अधिकारी, राहुल प्रताप सिंह, बिवेक यादव, आदिल अन्सारी, कुमार थापा र सम्साद शेखलाई प्रदेश २ छनौट समितिको सिफारिशको आधारमा छनौट गरिएको जानकारी प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गराउनु भएको छ ।

उपकप्तान सुरज पटेल

टोलिको प्रशिक्षकको जिम्मेवारी धर्मेन्द्र चौधरी तथा व्यवस्थापकको जिम्मेवारी बिरेन्द्र यादवलाई दिइएको समेत जानकारी श्रेष्ठले गराउनु भएको छ।

सुनसरीको इनरुवा संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत ७ वटै प्रदेशका टोलि तथा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, मलेशियाको राष्ट्रिय टोलि तथा आयोजक टोलि सहित कुल १२ टोलिको सहभागिता हुनेछ । बिजेताले ४ लाख ५ हजार तथा उपबिजेता २ लाख ५ हजार प्राप्त गर्नेछ भने खेल ५० ओभरको फर्मेटमा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy