यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना खेलाडीको सुची सार्वजनिक गरेको छ।

आईपीएलको मेगा अक्सन ४ वर्ष पछि फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ जसमा विश्वभरबाट १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्। त्यसमध्ये एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका हुन्।

अक्सनमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने सहित दिपेन्द्र ऐरी, सोमपाल कामि, करन केसी, कुशल मल्ल, शरद भेसावकर, बिनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, सुशन भारि, रोहित पौडेल, कुशल भुर्तेल, सन्दिप जोरा, पवन सर्राफ र आसिफ शेखले नाम दर्ता गराएका हुन्।

अक्सनमा दर्ता भएका सबै जना खेलाडीलाई अक्सनमा बोलि भने लाग्ने छैन। नाम दर्ता गराएका खेलाडी मध्ये फ़्रेन्चाइजहरुले इच्छा देखाएका खेलाडीहरु तथा छानिएका अन्य खेलाडीहरुलाई मात्र अक्सनमा प्रस्तुत गरिनेछ। सन् २०१८ मा भएको अक्सनमा ५७८ जना खेलाडीले नाम दर्ता गराएकोमा २९२ जना खेलाडीमा मात्र बोलि लागेको थियो। यो पटक पनि यसरी नै निश्चित खेलाडीहरुलाई छनोट गरेर अक्सनमा प्रस्तुत गरिनेछ।

सन्दिप लामिछानेले बाहेक हालसम्म अन्य नेपाली खेलाडी आईपीएल खेल्न छनोट भएका छैनन्। सोमपाल कामिले ग्लोबल टि-२० लिग क्यानडा खेलेका छन् भने पारस खड्का, करन केसी, सोमपाल कामि र कुशल मल्लले युएई टि-१० लिग खेलेका थिए। त्यस बाहेक विश्वका ठूला लिगमा नेपाली खेलाडीले नाम दर्ता गराएता पनि छनोट भने हुने गरेका छैनन्।

आईपीएलमा भारत बाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। ओमानबाट ३ जना, अमेरिकाबाट १४ जना, स्कटल्याण्डबाट १ जना, नेदरल्याण्डबाट १ जना, नामिबियाबाट ५ जना तथा भुटानबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्। टेस्ट राष्ट्र जिम्बाब्वेबाट मात्र २ जना तथा आयरल्याण्डबाट मात्र ३ जना खेलाडीले नाम दर्ता गराएका छन्। अफगानिस्तानबाट २० जना, अस्ट्रेलियाबाट ५९ जना, बंगलादेशबाट ९ जना, इंग्ल्यान्डबाट ३० जना, न्युजिल्यान्डबाट २९ जना, दक्षिण अफ्रीकाबाट ४८ जना, श्रीलंकाबाट ३६ जना, वेस्टइन्डिजबाट ४१ जना खेलाडीले नाम दर्ता गराएका हुन्।

बिक्रि होलान् सन्दिप ?

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने गत सिजन आईपीएल मिनी अक्सनमा बिक्रि भएका थिएनन्। दिल्ली क्यापिटल्सले रिलिज गरेपछि भएको मिनी अक्सनमा सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए। यो पटक सन्दिपले कति बेस प्राइस राखेका छन् खुलेको छैन। उनले बेस प्राइस १ करोड भारु भन्दा कम राखेको भने अनुमान गर्न सकिन्छ। भारतीय मिडियाहरुले सार्वजनिक गरेको १ करोड र डेढ करोड भारुमा नाम दर्ता गराएका खेलाडीको सुचीमा सन्दिपको नाम छैन।

२०१८ मा २० लाख भारुमा बिक्रि भएपछि तिन सिजन दिल्लीमा रहेका उनले कुल ९ खेल खेल्दा १३ विकेट आफ्नो नाम गरेका थिए। २०२० को सिजन बेन्चमै राखेपछि अर्को सिजन दिल्लीले उनलाई रिलीज गरेको थियो।

यो सिजन बिग ब्यास लिगमा सुरुवात राम्रो नरहेता पनि दोश्रो भागमा उत्कृस्ट प्रदर्शन गरेका सन्दिप यो पटक आईपीएलमा बिक्ने नबिक्ने सबैको कौतुहलता छ। बिग ब्यास लिगमा उनले १४ खेलमा १४ विकेट लिंदै राम्रो छाप छाडेका छन्। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरको सुचीमा उनि राशिद खान ( २० विकेट ) र एस्टन एगर ( १५ विकेट ) पछि तेश्रो स्थानमा रहे।

बिग ब्यासको प्रदर्शन पछि सन्दिपलाई लिन टिमहरुले इच्छा देखाउन सक्नेछन्। विश्वभर लिग खेलेको अनुभव पनि सन्दिपलाई लिने कारण बन्न सक्छ। आईपीएलमा दुई वटा नयाँ टिम अहमदावाद र लखनउ थपिएसंगै सन्दिपको आईपीएलमा छनोट हुने सम्भावना बढेको छ। तर उनि बिक्रि हुनेछन् या छैनन् थाहा पाउन भने फेब्रुअरी १२ तारिख कुर्नेपर्नेछ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]