यु-१९ च्यालेञ्जर्स ट्रफी : भारत यु-१९ ‘सी’संग नेपाल सहजै पराजित

Rit Gautam

भारतको हरियानामा आज देखि सुरु भएको अन्डर-१९ च्यालेन्जर्स ट्रफी अन्तर्गत पहिलो खेलमा नेपाली अन्डर-१९ टिमले भारतको अन्डर-१९ ‘सी’ टिमसंग १० विकेटले पराजित भएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपाल मात्र ११६ रनमा समेटिन पुगेपछि ११७ रनको लक्ष्य भारत यु-१९ ‘सी’ ले कुनै पनि विकेट नगुमाई २१.१ ओभरमै पुरा गर्यो। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल नोभेम्बर १३ मा भारत रातोसंग तथा तेश्रो खेल भारत निलोसंग १५ नोभेम्बरमा खेलिनेछ। सबै ४ टिमले एक अर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट-२ टिमले फाइनल खेल्नेछ भने तेश्रो र चौथो टिमबीच तेश्रो स्थानको लागि खेल हुनेछ।

भारतीय टिमका ओपनर दिभ्यांश सक्नेना र अर्जुन आजादले पहिलो विकेटको लागि अविजित १२० रनको साझेदारी गरे। दिभ्यांशले ६० बलमा ५ चौका मदतले ५२ तथा आजदले ६७ बलमा ९ चौका र १ छक्का मदतले ६७ रन बनाए।

नेपालले बलिङ्गमा ६ जना बलर प्रयोग गरे पनि विकेट निकाल्न असफल रह्यो।

नेपालको कमजोर ब्याटिंग  

टस जितेको नेपालले सुरुवात राम्रो गर्न सकेन र सुरुवात देखि लगातार विकेट गुमायो। कप्तान रित गौतम ५  रन बनाएर दोश्रो ओभरमै पेभेलियन फर्किए। त्यसपछि अर्का ओपनर लोकेस बम र खडक बोहरा समान १० रन बनाएर आउट भए। ६.२ ओभरमा नेपाल २८/३ को स्थितिमा पुग्यो।

Kushal Malla

चौथो विकेटको लागि अरुन ऐरि र कुशल मल्लले तेश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। १६ औं ओभरमा अरुन १३ रन बनाएर आउट भए पछि नेपालको विकेट पतन पुनः सुरु भयो। कुशल मल्ल पनि २६ रन बनाएर आउट भए भने हरि बहादुर चौहानले पनि ७ रन मात्र बनाउन सके। एक किनार सम्हालेर ब्याटिंग गरिरहेका शेर मल्ल १४ तथा प्रतिस जिसी ११ रन बनाएर आउट भए।

नेपालले ३२.१ ओभरमा ११६ रनमा सबै विकेट गुमाउन पुग्यो।

भारत यु-१९ ‘सी’ को बलिङ्गमा चिन्तला रक्षन रेड्डी, विद्याधर पाटिल, समर्थ हेग्ड़े, मुज्ताबा युसुफ र रभी रोशन सिंहले समान २/२ विकेट लिए।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]