यु-१९ च्यालेन्जर्स ट्रफी : भारत ‘ए’ द्वारा नेपाललाई २४८ रनको लक्ष्य

भारतको हैदराबादमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भारतीय अन्डर-१९ ‘ए’ टिमसंग खेलीरहेको छ।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको भारत ‘ए’ ले नेपाललाई २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। ४८.२ ओभरमा उसले २४७ रनमा सबै विकेट गुमाएको हो। स्कोरकार्ड 

भारतीय टिमका ओपनर यशस्वी जैसवालले ३३ तथा साइ भारध्वज सुदर्शनले ३४ रन बनाउदै राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटको लागि दुवैले ३९ रनको साझेदारी गरे। सातौँ ओभरमा आकाश चन्दले जैसवालको विकेट लिए पछि अर्का ओपनर सुदर्शन रन आउट हुन पुगे। त्यसपछि भने भारतले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो।

एक समय २६ औं ओभरमा ११५/५ को अवस्थामा रहेको भारतको लागि ध्रुभ जुरॆल र नितिश रेड्डीले छैठौं विकेटको रुपमा ९२ रनको साझेदारी गर्दै योगफल २०० पार गराएका थिए।

४२ औं ओभरमा जुरेललाई शेर मल्लले एलबिडब्लु आउट पारेपछि नेपालले पुनः लगातार विकेट लिएको थियो। जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का मदतले ७४ रन बनाए। यस्तै नितिश रेड्डी ३० रन बनाएर आउट भए। आठौँ नम्बरका ब्याट्सम्यान कृतज्ञ कुमार सिंहले २६ रन बनाए।

नेपालको बलिङ्गमा शेर मल्लले सर्वाधिक ३ विकेट ( १०-०-५४-३ ) लिए। यस्तै ओपनिङ्ग बलर आकाश चन्दले २ विकेट ( ९.२-०-३०-२ ) तथा प्रतिश जिसी र हरि बहादुर चौहानले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारत यु-१९ ‘सी’ संग १० विकेटले पराजित भएको थियो। 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy