योगेश भाटको उत्कृष्ट पारी, चटकपुर स्पोर्टस क्लब नेपालले जित्यो सत्यवती एकेडेमी विरुद्धको एकमात्र टी-२० खेलको सिरिज

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा शैलेश्वरी पुस्तक पसल एन्ड स्पोर्टस हाउसको प्रायोजनमा आज भएको चटकपुर स्पोर्टस क्लव नेपाल र अत्तरियाको सत्यवती एकेडेमीबीचको एकमात्र टी-२० खेल योगेश भाटले उत्कृष्ट पारी खेल्दा आयोजक चटकपुर स्पोर्टस क्लव नेपालले जित्यो।

आज बिहान भएको चटकपुर स्पोर्टस क्लव नेपाल र अत्तरियाको सत्यवती एकेडेमीबीचको एकमात्र टी-२० खेलमा सत्यवती एकेडेमीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, अत्तरियाको सत्यवती एकेडेमीले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १४० रनको सम्मानजनक स्कोर बनाउन सक्यो।ब्याटिङतर्फ सत्यवती एकेडेमीका लागि सन्दिप खत्री क्षेत्रीले २५ बलमा आक्रामक सर्वाधिक ५६ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा सुजन गौतम ३५ बलमा २० रन,निरज भट्ट १४ बलमा अविजित १४ रन तथा आदिल अन्सारीले ०९ बलमा १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि क्रीश ऐरले ४ ओभरमा २ मेडेन सहित १५ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा भुपेश जोशीले ४ ओभरमा २६ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

१४१ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित २० ओभरको खेलमा १५.५ ओभर खेल्दै मात्र २ विकेटको क्षति १४१ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउनुका साथै दुवै टोलिबीचको एकमात्र टी-२० खेलको सिरिज पनि जित्न सफल भएको छ।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि योगेश भाटले ३८ बलमा आक्रामक सर्वाधिक ६९ रनको अर्धशतकिय पारी खेल्दा आयुव चन्द ११ बलमा आक्रामक ३७ अविजित रन,दिनेश ओड १७ बलमा १७ रन तथा तथा युवा खेलाडी सुदांशु रावलले २३ बलमा ११ रन बनाउदै आफ्नो टोलिलाइ महत्त्वपूर्ण खेलमा जित दिलाउन सफल भए।

बलिङतर्फ सत्यवती एकेडेमीका लागि निरज भट्टले ३ ओभरमा १९ रन खर्चँदा सुजन गौतमले ३ ओभरमा २३ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।

चटकपुर स्पोर्टस क्लव नेपालको आयोजना तथा शैलेश्वरी पुस्तक पसल एन्ड स्पोर्टस हाउसको प्रायोजनमा आज धनगढीको फाप्ला क्रीकेट मैदानमा भएको चटकपुर स्पोर्टस क्लव नेपाल र अत्तरियाको सत्यवती एकेडेमी बीचको एकमात्र टी-२० खेल आयोजक चटकपुर स्पोर्टस क्लव नेपालले ८ विकेटले जित्न सफल भएको हो।

खेलको म्यान अफ दी म्याच चटकपुर स्पोर्टस क्लव नेपालका योगेश भाट घोषित हुँदा उक्त एकमात्र खेलको म्यान अफ दी सिरिज पनि चटकपुर स्पोर्टस क्लवकै योगेश भाट घोषित हुन सफल भए।
यस चटकपुर स्पोर्टस क्लव नेपाल र अत्तरियाको सत्यवती एकेडेमीबीचको एकमात्र टी-२० खेलको समापन समारोहका सभापति दिपक रावल ज्यू रहँदा प्रमुख अतिथि नेपाल क्रीकेट संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला क्रीकेट संघका अध्यक्ष विक्रम बिष्ट ज्यू रहनुभएको हो।कार्यक्रममा अन्य धेरै अतिथिहरु पनि रहनुभएको थियो।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]