राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सलाई हराउँदै सनराईजर्स हैदराबादले फाइनलमा स्थान बनाएको छ ।

चेन्नईमा रहेको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको दोस्रो क्वालिफायर खेलमा हैदराबाद ३६ रनले विजयी भएको छ ।

हैदराबादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि धुव्र जुरेलले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर यसश्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए ।

हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिशेक शर्माले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । ट्राभिस हेडले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३/३ तथा सन्दीप शर्माले २ विकेट लिए ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित हुदै हैदराबादले दोस्रो क्वालिफायर खेलेको थियो । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो । समूह चरणमा भएको खेलमा पनि हैदराबाद विजयी भएको थियो ।

हैदराबादले आइतबार हुने फाइनल खेलमा कोलकातासँगको भेट पक्का गरेको छ ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]