रुटले बनाए नयाँ कीर्तिमान, पछि पारे लारालाई

२०८१ श्रावण १३, आईतवार ०७:०५

काठमाडौं । इंग्ल्याण्ड टेस्ट टोलीका पुर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रेन लारालाई पछि पारेका छन् ।

रुटले लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउँने खेलाडीको सूचीमा आफूलाई सातौं स्थानमा उकालेका छन् ।

सुचीको आठौं स्थानमा रहेका लाराले १३१ टेस्ट खेलमा ११९५३ रन बनाएका छन् भने सातौं स्थानमा उक्लिएका रुटले १४३ खेलमा १२०२७ रन बनाएका छन् ।

वेस्ट इन्डिजविरुद्धको जारी तेस्रो टेस्टमा रुटले यो कीर्तिमान बनाएका हुन् । रुटले दोस्रो दिनको खेलमा १२४ बलमा ८७ रन जोड्दै लारालाई पछाडी पारेका हुन् ।

तीन खेलको टेस्ट सिरिजको अन्तिम खेलको दोस्रो दिन घरेलु टोलीले थप ३१२ रन जोड्दै अल आउट भयो । दोस्रो दिन ओली पोपले ४ रन थप्दै १० रनमा आउट हुँदा रुटले ८५ रन जोड्दै ८७ रनमा आउट भए ।

जेमी स्मिथले १०९ बलमा ९५ तथा क्रिस वोक्सले ७८ बलमा ६२ रन बनाए । कप्तान बेन स्टोक्सले ५४ रन जोड्दा गस एटकिन्सनले २१ रन बनाए ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार, जयडेन सेल्सले तीन, शेमार जोसेफले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो ।

वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे ।

जेसन होल्डरले १ सय १२ बलमा ५९ तथा जोसअ डि सिल्भाले ९९ बलमा ४९ रन बनाए ।

ओपनर माइकाल लुईसले २६, शेमार जोफले १६ र अल्जारी जोसेफले १५ रन जोडे ।

इंग्ल्याण्डका लागि गस एटकिन्सनले ४ क्रिस वोक्सले ३, मार्क वुडले २ र शोयब बासिरले १ विकेट लिए ।

त्यसपछि पहिलो इनिङ सुरु गरेको‌ इंग्ल्याण्डले ३ विकेट गुमाएर ३८ रन जोड्दा पहिलो दिनको खेल समाप्त भएको थियो छ ।

इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलि १८ रन बनाउँदै आउट भए । ओली पोप ६ र जोय रुट २ रनमा नटआउट छन् ।

वेस्ट इण्डिजका लागि जयडेन सेल्सले २ तथा अल्जारी जोसेफले १ विकेट लिए। पहिलो दिनको खेल सकिदा घरेलु टोली इंग्ल्याण्ड २ सय ४४ रनले पछि छ ।

३ टेस्टको सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती दुई खेल हारेको पाहुना टोलीले सिरिज गुमाई सकेको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy