रुटले बनाए नयाँ कीर्तिमान, पछि पारे लारालाई

काठमाडौं । इंग्ल्याण्ड टेस्ट टोलीका पुर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रेन लारालाई पछि पारेका छन् ।

रुटले लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउँने खेलाडीको सूचीमा आफूलाई सातौं स्थानमा उकालेका छन् ।

सुचीको आठौं स्थानमा रहेका लाराले १३१ टेस्ट खेलमा ११९५३ रन बनाएका छन् भने सातौं स्थानमा उक्लिएका रुटले १४३ खेलमा १२०२७ रन बनाएका छन् ।

वेस्ट इन्डिजविरुद्धको जारी तेस्रो टेस्टमा रुटले यो कीर्तिमान बनाएका हुन् । रुटले दोस्रो दिनको खेलमा १२४ बलमा ८७ रन जोड्दै लारालाई पछाडी पारेका हुन् ।

तीन खेलको टेस्ट सिरिजको अन्तिम खेलको दोस्रो दिन घरेलु टोलीले थप ३१२ रन जोड्दै अल आउट भयो । दोस्रो दिन ओली पोपले ४ रन थप्दै १० रनमा आउट हुँदा रुटले ८५ रन जोड्दै ८७ रनमा आउट भए ।

जेमी स्मिथले १०९ बलमा ९५ तथा क्रिस वोक्सले ७८ बलमा ६२ रन बनाए । कप्तान बेन स्टोक्सले ५४ रन जोड्दा गस एटकिन्सनले २१ रन बनाए ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार, जयडेन सेल्सले तीन, शेमार जोसेफले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो ।

वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे ।

जेसन होल्डरले १ सय १२ बलमा ५९ तथा जोसअ डि सिल्भाले ९९ बलमा ४९ रन बनाए ।

ओपनर माइकाल लुईसले २६, शेमार जोफले १६ र अल्जारी जोसेफले १५ रन जोडे ।

इंग्ल्याण्डका लागि गस एटकिन्सनले ४ क्रिस वोक्सले ३, मार्क वुडले २ र शोयब बासिरले १ विकेट लिए ।

त्यसपछि पहिलो इनिङ सुरु गरेको‌ इंग्ल्याण्डले ३ विकेट गुमाएर ३८ रन जोड्दा पहिलो दिनको खेल समाप्त भएको थियो छ ।

इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलि १८ रन बनाउँदै आउट भए । ओली पोप ६ र जोय रुट २ रनमा नटआउट छन् ।

वेस्ट इण्डिजका लागि जयडेन सेल्सले २ तथा अल्जारी जोसेफले १ विकेट लिए। पहिलो दिनको खेल सकिदा घरेलु टोली इंग्ल्याण्ड २ सय ४४ रनले पछि छ ।

३ टेस्टको सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती दुई खेल हारेको पाहुना टोलीले सिरिज गुमाई सकेको छ ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]