विशालको अर्धशतक बाबजुद नेपाली युवा टिम सहजै पराजित

भारतको हैदराबादमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपाली अन्डर-१९ टिम लगातार दोश्रो खेलमा पराजित भएको छ।

राजिभ गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा भारतीय अन्डर-१९ टिमले नेपाली अन्डर-१९ टिमलाई १०७ रनले पराजित गर्यो। प्रतियोगिता अन्तर्गत नेपाल पहिलो खेलमा भारत यु-१९ ‘सी’ टिमसंग १० विकेटले पराजित भएको थियो। नेपालले तेश्रो खेल भारत् ‘बि’ टिमसंग शुक्रबार खेल्नेछ।

खेलमा टस हारेर ब्याटिंग गर्दै भारत यु-१९ ले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पुरै ५० ओभर ब्याटिंग गरेता पनि १४० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात निकै खराब रह्यो। सुरुवाती ६ विकेट १८.४ ओभरमा ४९ रनमै नेपालले गुमाउन पुग्यो।  कप्तान रित गौतम ५ रन, , खडक बहादुर बोहरा ३ रन , अरुण ऐरि ७ बनाएर आउट भए भने लोकेश बम, कुशल मल्ल र हरि बहादुर चौहान खाता नखोली आउट भए।

Bishal Bikram KC ( File Photo )

सातौँ विकेटको लागि तेश्रो नम्बरका ब्याट्सम्यान विशाल बिक्रम केसी र शेर मल्लले ५६ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। ३७ औं ओभरमा मल्ल २१ रन बनाएर आउट भए। ७१ रन बनाएर विशाल बिक्रम केसी पनि ४३ औं ओभरमा आउट भए। उनले १२४ बलमा ११ चौका प्रहार गरे।

भारतको ब्याटिंग 

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको भारत ‘ए’ ले ४८.२ ओभरमा उसले २४७ रनमा सबै विकेट गुमाएको थियो।

भारतीय टिमका ओपनर यशस्वी जैसवालले ३३ तथा साइ भारध्वज सुदर्शनले ३४ रन बनाउदै राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटको लागि दुवैले ३९ रनको साझेदारी गरे। सातौँ ओभरमा आकाश चन्दले जैसवालको विकेट लिए पछि अर्का ओपनर सुदर्शन रन आउट हुन पुगे। त्यसपछि भने भारतले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो।

शेर मल्लले ३ विकेट लिए

एक समय २६ औं ओभरमा ११५/५ को अवस्थामा रहेको भारतको लागि ध्रुभ जुरॆल र नितिश रेड्डीले छैठौं विकेटको रुपमा ९२ रनको साझेदारी गर्दै योगफल २०० पार गराएका थिए।

४२ औं ओभरमा जुरेललाई शेर मल्लले एलबिडब्लु आउट पारेपछि नेपालले पुनः लगातार विकेट लिएको थियो। जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का मदतले ७४ रन बनाए। यस्तै नितिश रेड्डी ३० रन बनाएर आउट भए। आठौँ नम्बरका ब्याट्सम्यान कृतज्ञ कुमार सिंहले २६ रन बनाए।

नेपालको बलिङ्गमा शेर मल्लले सर्वाधिक ३ विकेट ( १०-०-५४-३ ) लिए। यस्तै ओपनिङ्ग बलर आकाश चन्दले २ विकेट ( ९.२-०-३०-२ ) तथा प्रतिश जिसी र हरि बहादुर चौहानले समान १/१ विकेट लिए।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]