काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ ।
बिहीबार साद विन जाफरको कप्तानीमा १५ सदस्यीय क्यानडाको टोली घोषणा भएको हो ।
विश्वकपमा क्यानडा समूह ए मा रहेको छ । समूह ए मा क्यानडाको अलावा पाकिस्तान, आयरल्यान्ड, भारत र अमेरिका छन् । २ जुनमा अमेरिकासॅंग खेल्दै क्यानडाले विश्वकपको सुरुआत गर्नेछ ।
क्यानडाको टोली
साद विन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हाईलिगर, दिलप्रित बाज्वा, हर्ष थाकर, गिरिमाई ग्रोडन, जुनेद सिद्धिकी, कलिम साना, कनवारपल थातिगुर, नवनित धालीवाल, निकोलस किर्तन, प्रगत सिंह, रविन्द्रपाल सिंह, रायन पठान, श्रेयस मोभ्भा