विश्वकप अघि पाकिस्तानको निराशाजनक खेल, इंग्ल्यान्डसँगको सिरिज गुमायो

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप अघि पाकिस्तानले कमजोर प्रदर्शन जारी गरेको छ ।

पाकिस्तानले इंग्ल्यान्डविरुद्धको चार खेलको टी-२० आई सिरिज २-० ले गुमाएको छ । सिरिजको चौथो खेल सात विकेटले गुमाउँदै सिरिज नै गुमाएको छ ।

पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डका लागि फिल साल्टले २४ बलमा ४५ तथा कप्तान जोस बटलरले २१ बलमा ३९ रन बनाए । जोनी बेयस्ट्रोले १६ बलमा २८ तथा विल ज्याक्सले १८ बलमा २० रन बनाए ।

पाकिस्तानका लागि हरिस रौउफले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलब ५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

पाकिस्तानका लागि उस्मान खानले २१ बलमा ३८ तथा कप्तान बाबर अजामले २२ बलमा ३६ रन बनाए । मोहम्मद रिजवानले १६ बलमा २३ तथा इफ्तिखार अहमदले १८ बलमा १६ रन बनाए ।

इंग्ल्यान्डका लागि मार्क वुड, आदिल राशिद र लियम लिभिगंस्टोनले समान २/२ तथा जोफ्रा आर्चर, क्रिस जोर्डन, मोईन अलिले समान १/१ विकेट लिए ।

पहिलो खेल, तेस्रो खेल वर्षाका कारण रद्द भएको सिरिजको दोस्रो र चौथो खेल इंग्ल्यान्डले जितेको थियो । विश्वकपमा पाकिस्तान समूह ए मा र इंग्ल्यान्ड समूह बी मा रहेको छ ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]