काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा नेपाल ओमानसँग खेल्दैछ ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।
त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरी पराजित भएको थियो ।
ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ ।
लिग टुको अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।
ओडिआई सिरिज पछि नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।