विश्वकप लिग-२ : प्रारम्भिक नेपाली टिममा खकुरेल र धमला, यस्तो छ २४ सदस्यीय नेपाली टिम

यही फेब्रुअरी ५ देखि १२ सम्म नेपालमा आयोजना हुने आईसीसी विश्वकप लिग-२ प्रतियोगिता अन्तर्गत अमेरिका र ओमानसंग हुने त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणको लागि २४ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले शुक्रबार बेलुका प्रेस बिज्ञप्ति मार्फत टिमको घोषणा गरेको हो।

घोषित २४ सदस्यीय नेपाली टिममा सुबास खकुरेल, सुनिल धमलालाई पनि समावेस गरिएको छ भने युवा खेलाडीहरु किशोर महतो, सुमित महर्जन, कुशल मल्ल, सन्दिप जोरा, पवन सर्राफ, लोकेश बम, कमल सिंह ऐरी र कुशल भुर्तेलले पनि टिममा स्थान बनाएका छन्। सुबास खकुरेल, सुमित महर्जन, सुनिल धमला र कुशल मल्लले हाल सुनसरीमा जारि एमएम कप प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन्।

२४ सदस्यीय नेपाली प्रारम्भिक टिम 

१. ज्ञानेन्द्र मल्ल , २. दिपेन्द्र सिंह ऐरी, ३. आरिफ शेख, ४. अविनाश बोहरा ५. विनोद भण्डारी, ६. करन केसी ७. कुशल भुर्तेल, ८. ललित राजबंशी , ९. पारस खड्का, १०. पवन सर्राफ, ११. कमल सिंह ऐरी , १२. रोहित पौडेल , १३. सोमपाल कामि , १४. सन्दिप जोरा , १५. सुशन भारि , १६. शरद भेसावकर , १७. सन्दिप लामिछाने , १८. सुबास खकुरेल,  १९. सुनिल धमला , २०. कुशल मल्ल २१. बसन्त रेग्मी , २२. किशोर महतो , २३. लोकेश बम , २४. सुमित महर्जन

प्रतियोगिताको लागि नेपालले शुक्रबार देखि पोखरामा तयारी थाल्ने भनिएता पनि खराब मौसमको लागि केहि दिन पछि मात्रै बन्द प्रशिक्षक पोखरामा सुरु हुनेछ।

विश्वकप लिग-२ अन्तर्गत हालसम्म नेपालले कुनै पनि खेल खेलेको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy