वेस्ट इण्डिजमाथि इंग्ल्याण्डको सहज जित

काठमाडौं । ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इंग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ ।

आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो ।

जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।

वेस्ट इण्डिजले दिएको १ सय ८३ रनको लक्ष्य पाहुना टोलीले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

पाहुना टोलीको जितमा ओपनर साल्टले ५४ बलमा ९ चौका र ६ छक्काको सहयोगमा नट आउट १ सय ३ रनको इनिङ खेले । २८ बर्षिय साल्टले टि ट्वान्टी आई करियरको तेस्रो शतक ५३ बलमा पूरा गरेका थिए । साल्टले तीनै शतक क्यारेबियनमा नै पूरा गरेका छन् ।

साल्टले तेस्रो विकेटका लागि ज्याकोब बेथहेलसँग मिलेर १ सय ७ रनको नट आउट विजयी साझेदारी गरेका थिए । बेथहेलले ३६ बलमा ५ चौका र २ छक्काको सहयोगमा नट आउट ५८ रन बनाएका थिए । ओपनर विल ज्याक्सले १० बलमा १७ रन जोड्दा कप्तान जस बटलरले भने रनको खाता खोल्न सकेनन् ।

वेस्ट इण्डिजका लागि गुणकेश मोटी र रोमारियो शेफर्डले समान १ विकेट लिए ।

त्यसअघि बारबाडोसस्थित किंग्स्टन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गरेको थियो ।

घरेलु टोलीका लागि विकेट किपर निकोलस पुरनले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३८, रोमारियो शेफर्डले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३५ रन जोडेका थिए ।

गुणकेश मोटीले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाउदा कप्तान रोभमन पावेलले १० बलमा १८ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ४, आदिल राशिदले ३ तथा जेम ओभरटन र लियम लिविङस्टोनले समान १ विकेट लिए ।

दुई देशबीचको दोस्रो टि ट्वान्टी आई खेल सोमवार बिहान रहेको छ ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]