सन्दीप र दीपेन्द्रको टिमले पायो १ सय ४५ रनको लक्ष्य

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवर नाईट्सले मोन्ट्रियल टाईगर्सबाट १ सय ४५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो ।

टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । दिलप्रित बाज्वाले ३३ रन बनाए । अजमतुल्लाह उमरजाईले २७, र आयान खानले अविजित १६ रन बनाए ।

नाइट्सका लागि डिवान प्रिट्रोरियस र मोहम्मद अमिरले समान २, जेरेमी गोर्डन र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

नाइट्सले दुई खेल खेल्दा कुनै अंक जोड्न सकेको छैन । टाइगर्सलाई पराजित गरेर नाईट्स पहिलो जितको खोजीमा रहेको छ ।

 





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]