सन्दीप र दीपेन्द्रको टिमले पायो १ सय ४५ रनको लक्ष्य

२०८१ श्रावण १३, आईतवार २२:३१

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवर नाईट्सले मोन्ट्रियल टाईगर्सबाट १ सय ४५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो ।

टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । दिलप्रित बाज्वाले ३३ रन बनाए । अजमतुल्लाह उमरजाईले २७, र आयान खानले अविजित १६ रन बनाए ।

नाइट्सका लागि डिवान प्रिट्रोरियस र मोहम्मद अमिरले समान २, जेरेमी गोर्डन र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

नाइट्सले दुई खेल खेल्दा कुनै अंक जोड्न सकेको छैन । टाइगर्सलाई पराजित गरेर नाईट्स पहिलो जितको खोजीमा रहेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy