सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

२०८१ जेष्ठ ५, शनिबार १३:१३

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ ।

टियु मैदानमा भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबले सुदुरलाई २ रनले पराजित गरि लगातार चौथो पटक प्रतियोगिताको उपाधी जितेको हो ।

एपीएफले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

सुदुरका लागि कविता जोशीले ४५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६७ रन बनाईन् । लक्ष्मी साउदले ३५ बलमा २ चौकाको सहयोगमा २९ रन बनाईन् । कप्तान बिन्दु रावलले १७ बलमा १९ तथा सम्झना खड्काले ८ बलमा १० रन बनाईन् ।

एपीएफका लागि करुणा भन्डारीले दुई तथा सुमन विष्टले एक विकेट लिईन् ।

प्रतियोगिताको चार संस्करणको ईतिहासमा फाइनल खेलमा सुदुरको यो चौथो हार हो । पहिलो र दोस्रो संस्करणमा एपीएफसँग फाइनलमा नै पराजित सुदुर तेस्रो पटक उपविजेतामा सिमित रह्यो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy