सुपर ओभरमा अविनाश बोहराले उत्कृस्ट बलिङ्ग गर्दा बुटवलको रोमान्चक जित

Avinash Bohara

पोखरामा जारि पोखरा प्रिमियर लिग पिपिएल टि-२० अन्तर्गत सुपर ओभरमा पुगेको रोमान्चक खेलमा बुटवल ब्लास्टर्सले काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको छ।

यस अघि पहिलो खेलमा पोखरा पल्टनसंग पराजित भएको काठमाडौँको यो लगातार दोश्रो हार हो भने बुटवलले पहिलो खेलमा जितको साथ  सुरुवात गरेको छ।

पोखरा स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै काठमाडौँले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवल ब्लास्टर्सले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो।

दोश्रो इनिंगको अन्तिम ओभरमा जितको लागि ९ रन आवस्यक रहेको बेला पवन सर्राफले लगातार पहिलो ३ बलमा रन दिएका थिएनन्। चौथो बल वाइड दिएपछि लगत्तै बलमा शिभम सिंहले छक्का प्रहार गरेपछि अन्तिम २ बलमा जित्न २ रन आवस्यक रहेको थियो। सो अवस्थामा सिंहले १ रन लिए। अब अन्तिम बलमा जित्न १ रन आवस्यक रहेको थियो। अन्तिम बलमा स्ट्राइकमा रहेका बिपीन खत्री स्टम्प आउट हुन पुग्दा खेल बराबरी हुन पुगेको थियो। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभर

सुपर ओभरमा पहिले ब्याटिंग गरेको बुटवलले १ ओभरमा १२ रन बनाएपछि १३ रनको लक्ष्य दिएको थियो। बुटवलको लागि हर्ष टंकले २ चौका मदतले ९ रन तथा शिभम सिंहले ३ रन बनाए। काठमाडौँको लागि सुबोध भाटीले बलिंग गरेका थिए।

१३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलका अविनाश बोहराले उत्कृस्ट बलिंग गर्दै मात्र २ रन खर्चिए।  ओभरको पहिलो बल डट गरेपछि दोश्रो बलमा गौरभ तोमरले २ रन लिए। तेश्रो बलमा तोमर क्याच आउट हुन पुगे। त्यसपछि चौथो बलमा अविनाशले सुबोध भाटीलाई रन दिएनन् भने पाँचौ र छैठौं बलमा पनि लगातार डट बल गर्दा खेल बुटवलले जितेको थियो। भाटीले ३ बल खेल्दा खाता खोल्न सकेनन्।

यस अघि बुटवल ब्लास्टर्सले लक्ष्य पछ्याउने क्रममा शिभम सिंह ३३ रनमा अविजित रहेका थिए जसले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस अघि हर्ष टंकले २९ बलमा ४५ रन बनाएर जितको आधार तयार गरेका थिए। २९ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे। शंकर रानाले २०, अफ्ताबुद्दीन एहमदले १४, भिम शार्कीले १३ तथा सोमपाल कामिले ११ रन बनाए।

काठमाडौँको बलिंगमा सुशन भारि र सुबोध भाटीले समान २/२ विकेट तथा सुर्य तामांग, अमर सिंह रौटेला र पवन सर्राफले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो।

काठमाडौँको लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा सर्राफले सातौँ विकेटको लागि अमर सिंह रौटेलासंग ५१ रनको साझेदारी गरे। रौटेलाले १७ बलमा १ छक्का मद्दतले १४ रन बनाए।

काठमाडौँका ओपनर जयकिशन कोल्सावालाले २८, आदील खानले २३, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले समान १४ रन बनाए। अघिल्लो खेलमा ४५ रन बनाएका सुबोध भाटी खाता नखोली आउट भए भने गौरभ तोमरले पनि १ रन मात्र बनाए।

Jay Kishan Kolsawala

बुटवलको बलिंगमा घरेलु टि-२० लिगमा पहिलो खेल खेलीरहेका देब्रे हाते स्पिनर नितेश थापाले २ विकेट लिए जुन क्रममा ३ ओभरमा १७ रन खर्चिए। थापाले ज्ञानेन्द्र मल्ल र सुबोध भाटीलाई १३ औं ओभरमा आउट गरेका थिए। हरि बहादुर चौहान र अविनाश बोहराले १/१ विकेट लिए। सुबास खकुरेल र गौरभ तोमरको विकेट बुटवलले रन आउटबाट प्राप्त गर्यो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]