१३ औं साग : १५ सदस्यीय नेपाली महिला रास्ट्रिय क्रिकेट टिमको घोषणा

२०७६ मंसिर ७, शनिबार १६:४९

rubina chhetry

नेपालमा मङ्सिर १५ देखि २४ सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ।

सागको क्रिकेटतर्फ नेपाल सहित श्रीलंका, बंगलादेश , भुटान, माल्दिभ्स गरि ५ टिम सहभागी हुँदैछन्। भारत र पाकिस्तानले क्रिकेट विधामा सहभागिता जनाउने छैन।

नेपाली महिला टिमका प्रशिक्षक जगत टमाटाले टिमको घोषणा गर्नु भएको हो। टिम छनौट बन्दसत्रमा खेलाडीहरुको प्रदर्शन, फिटनेस, अनुशाशन र बिगतको प्रदर्शनको आधारमा गरिएको प्रशिक्षक टमाटाले बताउनु भएको छ।

रुबिना क्षेत्री कप्तानीको टिममा उप-कप्तान सिता राना मगर रहेकी छिन्। राष्ट्रिय टिमका नियमित खेलाडीहरु इन्दु बर्मा, करुणा भण्डारी, काजल श्रेष्ठ, सोनु खड्का, ममता चौधरी, सरिता मगरले टिममा निरन्तरता पाएका छन्। यस्तै अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर रहेका छन्। अस्मिना कर्माचार्या, ज्योति पाण्डे र संगीता राई बैकल्पिक खेलाडीको सुचीमा परेका छन्।

१५ सदस्यीय टिम :- 

रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy