अनिल र भीमको शतकमा क्यानडाविरुद्धको सिरिजमा नेपालको ऐतिहासिक क्लिन स्विप

काठमाडौं । ओपनर अनिल शाह र तेस्राे नम्बरका ब्याटर भीम सार्कीको शतकको सहयोगमा नेपालले क्यानडाविरुद्धको तीन खेलको सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेकाे छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । याे खेल जितेसँगै नेपालले क्यानडाविरूद्धकाे सिरिज ३-०ले जितेकाे छ ।

नेपालले पाँच रनको पेनाल्टि पाएको थियो । ४९ औं ओभरको अन्तिम बलमा क्यानडाका कप्तान साद विन जाफर पीचको मध्ये भागबाट कुद्दा एम्र्पारले क्यानडालाई ५ रन पेनाल्टि दिएका थिए ।

क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ दशमलब ३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर अनिल शाहले १ सय २४ बलमा १ सय १२ रनको शतकीय ईनिङ खेले । शाहले १ सय १६ बलमा ११ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए । अनिलको यो ओडिआई करियरको शतक हो । नेपालको ओडिआइ ईतिहासको सातौं शतक हो ।

May be an image of 2 people and text

सिरिजको पहिलो खेलमा बेन्चमा सिमित शाहले दोस्रो खेलमा कीर्तिमानी अर्धशतक पूरा गरेका थिए । शाहले शनिबार भएको क्यानडाविरुद्धको दोस्रो खेलमा १९ बलमा अर्धशतक पूरा गरेका थिए । यो नेपालको ओडिआई ईतिहासमा सर्वाधिक कम बलमा पूरा भएको अर्धशतक थियो ।

भीम सार्कीले १ सय २९ बलमा ११ चौका र १ छक्काकाे सहयोगमा १ सय १ शतकीय ईनिङ खेले । उनले १ सय २७ बलमा ११ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए । यो उनको ओडिआई करियरको पहिलो शतक हो ।

May be an image of 6 people and text

भीम र अनिलले दोस्रो विकेटका लागि अविजित १ सय ८९ रनको साझेदारी गरेका थिए । नेपालको ओडिआई ईतिहासमा नै यो सर्वाधिक ठूलो साझेदारी हो । यसअघि २०२३ जुन १८ मा कुशल भुर्तेल र आशिफ शेखले १ सय ७१ रनको साझेदारी गरेका थिए ।

भुर्तेल ४ दशमलब ५ ओभरमा डिलोन हेलिङ्गरको बलमा बोल्ड आउट भए । पहिलो विकेटका रुपमा भुर्तेल आउट भएका थिए । पहिलो विकेटका लागि अनिलकुमार शाहसँग भुर्तेलले ४५ रनको साझेदारी गरेका थिए । अनिल शाहले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।

क्यानडाका लागि ओपनर नवनित धलीवालले ८२ बलमा ५ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका रुपमा अर्धशतक बनाए लगत्तै धलीवाल ललितनारायण राजवंशीको बलमा आउट भए । उनी देव खनालबाट क्याच आउट भए । धलीवाल २२ दशमलब १ ओभरमा स्लिपमा आरिफ शेखले क्याच मिस गरेका थिए । उनले ४२ रन हुँदा कुशल मल्लको बलमा जीवनदान पाएका थिए ।

निखिल दत्तले ६२ बलमा २ चौका र १ छक्काको सहयोगमा ४५ रनको बनाए । उनी ४७ दशमलब ५ ओभरमा पवन सरार्फको बलमा रन आउट भए । हर्ष थाकरले ५७ बलमा २९ रन बनाए । पाँचौ विकेटका रुपमा बाहिरिएका थाकर कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे ।

अर्का ओपनर आरोन जोनसन १० बलमा ४ रन बनाउँदै आउट भए । उनलाई २ दशमलब ४ ओभरमा हेमन्त धामीको बलमा देव खनालले क्याच आउट गराए । हेमन्तको यो ओडिआई डेब्यु विकेट हो । हेमन्तले आजको खेलमा नै डेब्यु गरेका थिए ।

दोस्रो विकेटका रुपमा श्रीमन्था विजयारत्ने २८ बलमा २२ रन बनाउँदै आउट भए । १३ दशमलब ६ ओभरमा आकाश चन्दको बलमा कप्तान रोहितकुमार पौडेलको बलमा आउट भए । विजयरत्ने र नवनिद धालीवालबीचमा ४८ रनको साझेदारी भएको थियो ।

तेस्रो विकेटका रुपमा निकोलस किर्टन कुशल मल्लको बलमा आउट भए । उनलाई भमि सार्कीले क्याच आउट गराएका थिए । किर्टन तीन रनमा आउट भएका थिए ।

क्यानडाले छैटौं विकेटका रुपमा श्रेयस मोभ्भालाई गुमाएको थियो । उनले २९ बलमा २५ रन बनाएका थिए । श्रेयस हेमन्त धामीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । आठौं विकेटका रुपमा डिलन हाईल्याङ्गर हेमन्त धामीको बलमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ३ बलमा १ चौकाको सहयोगमा ४ रन बनाए ।

कप्तान साद विन जाफर १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रनमा अविजित रहे ।

नेपालका लागि हेमन्त धामीले तीन तथा कुशल मल्लले दुई विकेट लिए । आकाश चन्द र ललित नारायण राजवंशीले समान एक एक विकेट लिए । धामीले यसै खेलमा नेपालका लागि ओडिआई डेब्यु गरेका थिए ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा तीन अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको थियो । यो खेलमा जितका साथ नेपालले घरेलु भुमीमा ओडिआई सिरिज पहिलो पटक क्लिन स्विप गरेको छ ।

यस भन्दा अघि नेपालले घरेलु भुमीमा दुई ओडिआई सिरिज खेलेको थियो । दुई मध्ये एकमा हार र अर्कोमा सिरिजमा जित हात पारे पनि सिरिज क्लिन स्विप भने गर्न सकेको थिएन । नेपालले २०२२ मा पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज २-० ले गुमाएको थियो । २०२२ मा नै युएई विरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो ।





थप समाचार

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]