अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

२०८१ असार १४, बिहीबार ०८:२६

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ दशमलब ५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले २५ बलमा २९ तथा कप्तान एडेन मारकमले २१ बलमा २३ रन बनाए ।

अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनाएको थियो ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए ।

पहिलो सेमिफाइनलको विजेता बन्दै पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले बिहिबार बेलुका हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधीका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच खेल हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy