अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् ।

चौथो जित निकाल्ने क्रममा अभानीले एक्स्ट्राटेक क्रिकेट क्लबलाई १ सय ४७ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

No description available.

पहिले ब्याटिङ गरेको अभानीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।

अभानीका लागि प्रदिपसिंह ऐरी, अमित श्रेष्ठ र रमन जैसले अर्धशतकी ईनिङ खेलेका थिए । ऐरीले २६ बलमा ८७, अमितले ५३ बलमा अविजित ७६ तथा रमनले ४३ बलमा ५८ रन बनाए ।

एक्स्ट्राटेकका लागि प्रयास रेग्मी र दिपेन्द्र थापाले समान एक एक विकेट लिए ।

२ सय ३५ रनको लक्ष्य पछ्याएको एक्स्ट्राटेकले १६.४ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाउन सक्यो ।

एक्स्ट्राटेकका लागि भुमिराजले ३१ बलमा २५, रोशन गुरागाईँले १५ बलमा १६ तथा प्रयास रेग्मीले ८ बलमा ११ रन बनाए ।

अभानीका लागि राजविन पाठक र जितेन्द्र मुखियाले समान तीन तीन तथा अभिनास कर्णले दुई विकेट लिए । २६ बलमा ८७ रन बनाएका अभानी क्लबका प्रदिपसिंह ऐरी खेलको प्लेयर अफ द म्याच भए ।No description available.

पाँच खेलमा चार जित र एक हारका साथ अभानी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित एक्स्ट्राटेक चार खेलमा एक जित तथा ३ हारका साथ सातौं स्थानमा छ ।

दोस्रो खेलमा रोयल खुकुरी क्लबले कंगारु क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ ।

No description available.

पहिले ब्याटिङ गरेको खुकुरीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

खुकुरीका लागि असिम रेग्मीले ३२ बलमा ३८ तथा कप्तान पियुष गौतमले १२ बलमा २१ रन बनाए ।

कंगारुका लागि सुरज पौडेलले तीन तथा कप्तान अमित शर्मा र सुसिल श्रेष्ठले समान दुई दुई विकेट लिए ।

१ सय ६० रनको लक्ष्य पछ्याएको कंगारुले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउँन सक्यो ।

कंगारुका लागि रोजल राउतले ३५ बलमा ३९ तथा कप्तान अमित शर्माले ७ बलमा १२ रन बनाए ।

No description available.

खुकुरीका लागि सुलभ राउत र प्रज्वलले समान दुई दुई तथा सागर थापाले एक विकेट लिए ।

चार खेलमा तीन जित र एक हारका साथ खुकुरी दोस्रो स्थानमा छ । चार खेलमा दुई जित र दुई हारका साथ कंगारु पाँचौ स्थानमा छ ।

No description available.





थप समाचार

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]