कोशीमाथि बागमतीको जित

२०८१ जेष्ठ २, बुधबार १६:५१

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।

आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा बागमतीले कोशीमाथि ८ विकेटको जित हात पारेको हो ।

वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल १३ ओभरमा छोट्याईको थियो ।

कोशीले दिएको ६४ रनको लक्ष्य बागमतीले ११ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

बागमतीको जितमा ओपनर यशु पान्डेले २३ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाईन् । कन्चन श्रेष्ठ र खुसी डंगोल ११/११ रनमा अविजित रहे ।

कोसीका लागि हिरन्मा रोय र अप्सरी बेगमले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अप्सरी बेगमले ३८ बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाईन् । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि खुसी डंगोल र मनिषा उपाध्यायले समान २/२ विकेट लिईन् ।

प्रतियोगितामा गत वर्ष महिला प्रधानमन्त्री कपको शीर्ष चार टोली र ललितपुर मेयर्स एघारको टोली सहभागी छन् ।

राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने छन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy