अमेरिकाको लागि खेल्न तयार छु : प्लंकेट

२०७७ जेष्ठ २१, बुधबार १२:२७

इंग्ल्याण्ड फास्ट बलर लियाम प्लंकेटले आफु भविष्यमा अमेरिकी क्रिकेट टिमको लागि खेल्न तयार रहेको बताएका छन्।

३५ वर्षीय प्लंकेटले अन्तिम पटक इंग्ल्याण्डको लागि एकदिवसीय विश्वकप खेलेका थिए। त्यसपछि इंग्ल्याण्ड जर्सीमा नदेखिएका उनलाई गत साता इंग्ल्याण्डले घोषणा गरेको ५५ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेको छैन।

प्लंकेटको श्रीमती अमेरिकी नागरिक हुन् र उनि अमेरिकामा बस्ने योजनामा छन्।

“त्यहाँ ( अमेरिका ) क्रिकेटमा संग्लन हुने राम्रो सोच हो। मेरो बच्चा अमेरिकी हुन सक्छन् त्यसैले उनीहरुलाई यो सुनाउदा रोचक हुनेछ कि मैले इंग्ल्याण्ड र अमेरिका दुवैको लागि खेलेको थिए।”

२०१९ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको अमेरिकाबाट पुर्व दक्षिण अफ्रिकी फास्ट बलर रस्टि थेरोन, पुर्व वेस्टइन्डिज ब्याट्सम्यान जेभियर मार्शल खेल्दै आएका छन्।

पुर्व दक्षिण अफ्रिकी फास्ट बलर रस्टि थेरोन अमेरिकाको लागि खेलीरहेका छन्

अमेरिकामा बस्ने लगभग तय भएका प्लंकेटले अमेरिकाबाट खेल्ने मान्यता पाउनको लागि तिन वर्ष त्यहाँ निवास काल ( residency period ) हुनुपर्छ।

“म इङ्गलिस हुँ र सधै इङ्गलिसम्यान रहनेछु तर यदी म फिट हुन्छु र त्यहाँ ठुलो स्तरको क्रिकेट खेल्ने अवसर पाउनेछु भने किन नमान्ने ? बिबिसी रेडियोसंगको अन्तर्वार्तामा उनले बताए।

“म अमेरिका गए भने अमेरिकी नागरिक हुनेछ या ग्रिन कार्ड पाउनेछु। इंग्ल्याण्ड करियर सकाएर म म त्यहाँको क्रिकेट विकासमा काम गर्नु सक्छु। त्यसरी आवद्ध हुनु पक्कै राम्रो हुनेछ।”

कुराकानीको क्रममा प्लंकेटले विश्वकपपछि आफुलाई इंग्ल्यान्ड टिमले आफुलाई नलिएकोमा निराशा व्यक्त गरे।

“विश्वकप पछि टिम व्यवस्थापनसंग मैले गहन कुराकानी गरेको थिए जहाँ उनीहरुले मलाई नराख्ने बारे कुरा राखेका थिएनन्। मलाई टिममा संलग्न नगर्दा पक्कै निराशा हुन्छ।”

“यदी तपाईलाई कसैले भर्खरै तपाईको आगामी बाटो बारे बताउछ र युवा खेलाडीहरुसंग तिमि आगामी विश्वकपको लागि तयारी छैनौ भन्छ भने म खुसि हुन्थे। टिमको लागि खेलेर विश्वकप जिताएर पाखा लाग्न म खुसि हुनेछु।”

“तर म यहाँ बसीरहने र निरास भइरहने काम गर्नेछैन। म तितो बोलिरहेको छैन। तर म नयाँ खेलाडीहरु अघि आउन र राम्रो गरुन् भन्ने चाहन्छु।”

प्लंकेटले २०१९ विश्वकप फाइनलमा इंग्ल्याण्ड जित्दा न्युजिल्यान्ड बिरुद्ध ३ विकेट लिएका थिए। इंग्ल्याण्डको लागि १३ टेस्ट, ८९ एकदिवसीय र २२ टि-२० खेल्ने क्रममा प्लंकेटले क्रमशः ४१, १३५ र २५ विकेट लिएका छन्। उनले सन् २००५ मा पाकिस्तान बिरुद्ध टेस्टमा डेब्यु गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy