अमेरिकाविरूद्ध नेपालको शानदार जित

२०७६ माघ २९, बुधबार २०:४०

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तगर्त अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिका‍माथि ८ विकेटको जित हात पारेको हो।

अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्यो।

सन्दीपले ६ र सुसानले ४ विकेट लिए। अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को सबैभन्दा कम योगफल हो।

सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई पनि ३५ रनमै अलआउट गरेको थियो।

नेपालले जितसँगै त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो।

ओमानले भने सिरिजको चारवटै खेल जितेको छ। जितसँगै ओमान समूहको शीर्ष स्थानमा पनि उक्लेको छ।

यो समूहमा नेपालसहित सात देश सहभागी छन्।

समूहको शीर्ष तीन टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy