आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

२०८१ बैशाख १३, बिहीबार १३:५६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ ।

हैदराबादको घरेलु मैदान राहुल गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा हैदराबादले ७ मध्ये ५ खेल जितेको छ भने २ खेलमा हार व्यहोरे अंक तालिकाको तेस्रो स्थानमा छ । त्यसैगरी बेंगलुरुले अहिलेसम्म खेलेका ८ खेल मध्ये १ खेल मात्र जितेको छ भने ७ खेलमा हार व्यहोरे अंक तालिकाको पुछारमा रहेका छन् ।

आइपीएल ईतिहासमा यि दुई टोलीबीच २४ खेल भएका छन् । हैदराबादले १३ र बेंगलुरुले १० खेल जित्दा १ खेल भने नतिजाबिहिन भएको थियो ।

यस संस्करणमा यि दुई टोलीबीच आज दोस्रो खेल हुदैछ । पहिलो खेलमा हैदराबाद २५ रनले विजयी भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy