इन्टर फर्म क्रिकेट : क्वाटरफाइनल समिकरण समिकरण पूरा

२०८० माघ २८, आईतवार १९:१५

काठमाडौं । ललितपुरमा जारि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ को क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत समूह चरणको खेल सकिए लगत्तै प्रतियोगिताको अन्तिम आठको समिकरण पूरा भएको हो ।

प्रतियोगितामा २१ टोलीको सहभागीता रहेको थियो । सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष टोली र समूह जी को उपविजेता टोलीले अन्तिम आठमा स्थान बनाएको हो ।

समूह ए बाट एनएआरएस, समूह बी बाट एपीए, समूह सी बाट सब्रत एस एण्ड ए, समूह डी शंकर अर्याल, समूह इ बाट मिसाल एसोसियट्स, समूह एफ बाट एचबीए, समूह जी बाट विजेताको रुपमा एसएचए तथा उपविजेताको रुपमा केजे एसोसिएट्स रहेका छन् ।

सोमबार क्वाटरफाइनलका खेलहरु हुदैछन् । पहिलो क्वाटरफाइनल खेलमा एनएआरएस एसोसियट्स र एपीएबीच बिहान साढे आठमा खेल हुनेछ । दोस्रो क्वाटरफाइनल खेलमा शंकर अर्याल र सुब्रत एसोटियट्सबीच साढे १० मा खेल हुनेछ ।

तेस्रो क्वाटरफाइनल खेल १२ बजेर ४० मिनेटमा एचबीए र मिसाल एसोसियट्सबीच हुदाँ अन्तिम क्वाटरफाइनल खेलमा एसएचए एण्ड एसोसियट्स र केजे एसोसियट्सबीच हुनेछ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गरेको प्रतियोगिता ९ दिन सम्म चल्नेछ। प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy