इन्टर फर्म क्रिकेट : शंकर अर्याल एण्ड एसोसिएट्स, एपीए एभेन्जर्स, केजे एसोसिएट्स र एनएआरएस विजयी

काठमाडौं । ललितपुरमा जारि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिनको खेलहरुमा शंकर अर्याल एण्ड एसोसिएट्स, एपीए एभेन्जर्स, केजे एसोसिएट्स र एनएआरएस विजयी भएका छन्।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा शंकर अर्याल एण्ड एसोसिएट्सले पीकेएफ टिआर उपाध्यायलाई ३९ रनले पराजित गर्यो। शंकरले दिएको ८४ रनको लक्ष्य पछ्याएको पीकेएफले ४ विकेट गुमाएर ४४ रन मात्र बनायो । प्लेयर अफ द म्याच घोषित रुपेश यादवले ४ रन दिएर १ विकेट लिए ।

आजको दोश्रो खेलमा केजे एसोसिएसट्सले कुबेर एण्ड भट्टराईलाई ९ विकेटले पराजित गर्यो। कुबेरले दिएको ४८ रनको लक्ष्य केजेले ४ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित असिम रिजालले अविजित २९ रन बनाए ।

आजको तेश्रो खेलमा एपीए एभेन्जर्सले जोशी एण्ड भण्डारीलाई २१ रनले पराजित गर्यो। एपीएले दिएको ९५ रनको लक्ष्य पछ्याएको जोशीले ५ विकेट गुमाएर ७३ रन मात्र बनायो । अविजित ३० रन बनाएका विराज ज्ञवाली प्लेयर अफ द म्याच घोषित भए।

आजको चौंथो तथा अन्तिम खेलमा एनएआरएसले एसएसए एसोसियट्सलाई १० रनले पराजित गर्यो। एनएआरएसले दिएको ७२ रनको लक्ष्य पछ्याएको एसएसएले ६१ रन मात्र बनाउन सक्यो। ९ रन खर्चेर २ विकेट लिएका गणेश तिमल्सिना प्लेयर अफ द म्याच घोषित भए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गरेको प्रतियोगिता ९ दिन सम्म चल्नेछ। प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy