एपीएफले उपाधि जित्दा शरद र कृष्णको अल-राउण्ड प्रदर्शन

२०७६ आश्विन १९, आईतवार १०:१७

इनरुवामा सम्पन्न दोश्रो मेयर कप टि-२० प्रतियोगिताको उपाधि विभागीय टोलि एपीएफले जितेको छ। फाइनलमा उसले धनगढी क्रिकेट एकेडेमीलाई १५० रनको विशाल अन्तरले पराजित गर्यो।

उपाधि सहित एपीएफले २ लाख तथा उप-विजेता धनगढीले १ लाख रुपैयाँ प्राप्त गर्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै एपिएफले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले लज्जास्पद ब्याटिंग गर्दै मात्र १०.३ ओभरमा ३७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

एपीएफको लागि बलिंगमा अफ स्पिनर शरद भेसावकरले सर्वाधिक ४ विकेट लिए। इर्साद एहमदले ३ तथा कृष्ण कार्कीले २ विकेट लिए। धनगढीको लागि लोकेस बमले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Player of the match – Krishna Karki

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। उसको लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए भने कृष्ण कार्कीले २९, शरद भेसावकरले २५, प्रदिप ऐरीले २०, सुमित महर्जनले १५ तथा आसिफ शेखले १० र बनाए। धनगढी बलर बिनोद लामाले सर्वाधिक ३ विकेट लिए भने महेस अधिकारी, भुवन कार्की, नारायण जोशीले समान १/१ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच एपीएफका कृष्ण कार्की चुनिए। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी धनगढी क्रिकेट एकेडेमीका देब्रे हाते स्पिनर बिनोद लामा चुनिए। यस्तै उत्कृस्ट बलर फुलबारी क्लबका सरोज बस्नेत तथा उत्कृस्ट ब्याट्सम्यान एपीएफका आसिफ शेख चुनिए। उदयमान खेलाडी फुलबारी क्रिकेट क्लबका राकेश सोनी चुनिए।

Runner Up – Dhangadhi Cricket Academy

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy