एमएम कप : धमला र भुर्तेलको अर्धशतक, पुलिसद्वारा कर्णालीलाई विशाल लक्ष्य

२०७६ पुष २३, बुधबार १३:१२

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेल सुरु भएको छ। इनरुवा क्रिकेट मैदानमा जारि खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।  यस अघि समुह ‘सी’ र समुह ‘ए’ को खेलहरु सम्पन्न भइसकेका छन् जसबाट प्रदेश-३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

खेलमा टस जितेर कर्णाली प्रदेशले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३४६ रन बनाएको छ।

पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमलाले ७० रन बनाए जुन क्रममा ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। धमलाले ओपनर अमित श्रेष्ठसंग पहिलो विकेटको लागि ११ ओभरमा ६९ रनको साझेदारी गरेका थिए। अमितले २९ रन बनाए।

Sunil Dhamala

पुलिसका मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि ठुलो योगफल बनाउन सकेनन्। दिपेन्द्र ऐरी २५, अनिल साह ३६, दिलिप नाथ र पवन सर्राफ समान १५ रन, मन्जित श्रेष्ठ १८ रन बनाएर आउट भए। अनिल र पवन रन आउट हुन पुगे। यही बीचमा सुनिल धमला ३१ औं ओभरमा युनिश सिंहको बलमा विकेटकिपरबाट समातिन पुगे।

धमलाको विकेट पछि कुशल भुर्तेलले एक किनार सम्हाल्दै ३६ बलमा अर्धशतक पुरा गरेका थिए। तल्लो क्रममा ललित भण्डारीले २१ बलमा २ छक्का र १ चौका मदतले २७ रन बनाउदा पुलिसले विशाल योगफल बनायो।

Kushal Bhurtel

कर्णाली प्रदेशको बलिंगमा रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए। यस्तै युनिष सिंह र राज शाहले समान २/२ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy