एसीसी प्रिमियर कप : नेपालकाे पहिलो खेल मलेसियासँग

२०८० चैत्र २७, मंगलवार ०९:३७

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।

शुक्रबारबाट ओमानमा सुरु हुने टी-ट्वान्टी फर्म्याटको एसीसी प्रिमियर कपको पहिलो दिनै नेपाल र मलेसियाबीच खेल हुनेछ ।

मलेसियासँगकाे खेल शुक्रबार नेपाली समय अनुसार अपरान्ह सवा ४ मा सुरु हुनेछ ।

नेपाल रहेको समूह ए मा मलेसियाका अलावा हङकङ, साउदी अरेबिया र कतार छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल पनि नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।

खेल तालिका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy