काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।
अप्रिल १२ बाट ओमानमा टी-ट्वान्टी फर्म्याटमा हुने एसीसी प्रिमियर कपमा नेपाल र हङकङ समूह ए मा छन् ।
एसीसी आइतबार जारी गरेको खेलतालिकामा नेपाल र हङकङको अलावा यस समूहमा मलेसिया, साउदी अरेबिया र कतार छन् ।
नेपालको पहिलो खेलमा अप्रिल १२ मा मलेसियाको सामना गर्ने छ । दोस्रो खेलमा १३ अप्रिलमा कतारसँग खेल्ने नेपालले तेस्रो खेलमा १५ अप्रिलमा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ ।
समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।
खेल तालिका


