एसीसी प्रिमियर कप : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप आज(शुक्रबार)बाट ओमानमा सुरु हुदै छ ।

दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै छ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।

मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाल र मलेसियाबीच टी-२० आईमा हालसम्म नौ पटक भेट भएकोमा नेपाल आठ खेलमा विजयी हुँदा एक खेल मलेसियाले जितेको छ ।

मलेसियासँगको पछिल्लो पाँच भेटमा भने नेपाल अपराजित छ ।

नेपाल र मलेसियाको अन्तिम भेट :

अन्तिम पटक नेपाल र मलेसिया गत वर्ष अक्टोबरमा नेपालमा आयोजित आईसीसी टि-२० विश्वकप एसिया छनोट फाइनलको समुह चरणको खेलमा आमने-सामने भएका थिए।

उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न उक्त खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो।

प्रिमियर कपमा नेपाल :

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]