एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप आज(शनिबार) नेपालले आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।

मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गरेको नेपाल कतारलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा हङकङसँग पराजित कतार नेपाललाई पराजित गरि पहिलो जित निकाल्न चाहन्छ ।

नेपाल र कतारबीच टी-२० आईमा हालसम्म एक पटक भेट भएकोमा कतार अपराजित छ ।

नेपाल र कतारको अन्तिम भेट

नेपाल र कतार २०१९ आईसीसी टि-२० विश्वकप एसिया क्षेत्रीय छनोट फाइनलको समुह चरणको खेलमा आमने-सामने भएका थिए।

उक्त खेलमा कतार ४ विकेटले विजयी भएको थियो। सिंगापुरमा भएको सो खेलमा नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रिमियर कपमा नेपाल :

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।

प्रतियोगितामा नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी(२० फर्म्याटमा हुनेछ ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]