कतारविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप आज(शनिबार) नेपालले आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।

मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गरेको नेपाल कतारलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा हङकङसँग पराजित कतार नेपाललाई पराजित गरि पहिलो जित निकाल्न चाहन्छ । कतारविरुद्धको खेलमा नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने लक्ष्यमा रहने छ ।

मलेसियाविरुद्धको खेलमा रहेको प्लेईङ-११ लाई आज पनि निरन्तरता दिने सम्भावना छ । कतारविरुद्धको खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ ।

नेपालको ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]