कुवेतलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज (बुधबार) कुवेतको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतसँग खेल्न लागेको हो । नेपाल तीन खेलमा अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह डी मा शीर्ष स्थानमा रहेको नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्न लागेको हो । कुवेतले समूह चरणमा दुई खेल जित्दा एकमा हार व्यहोरेको थियो ।

यो नेपालले क्वाटरफाइनल विजेता भए नेपालले सेमिफाइनलमा मलेसिया र जापानबीचको विजेतासँग खेल्ने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।

नेपाली टोली

ईन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डलि भट्ट, अस्मिना कर्माचार्य

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy